१२ मंसिर २०८०, मंगलवार

सशस्त्र प्रहरी माथि ढुङ्गामुढा चलाउने दुई जना पक्राउ,लकडाउन लागु भएको मौका छोपेर तस्करहरु सकृय

एसीपी संवाददाता

१९ बैशाख २०७७, शुक्रबार ०८:२० मा प्रकाशित

संजय कुशवाहा / नवलपरासी १९ बैशाख पश्चिम नवलपरासीको सुस्तामा नदीजन्य वस्तुको दोहन चरम रुपमा बढेको छ । नेपाल र भारत दुबै देशमा कोरोनाका कारण लकडाउन लागु भएको मौका छोपेर तस्करहरु सकृय भएका छन् । आफैमा दुर्गम रहेको सुस्ता लकडाउनका कारण अधिकारीहरुको निगरानी कम भएको अवस्थामा नदीजन्य वस्तुको तस्करी सकृृय भएको हो । नारायणी नदीको बालुवा ,ढुङ्गा र गिट्टीको उत्खनन् भइरहेको समाचार पटकपटक आएपछि प्रहरी निगरानी बढाएका छन् ।प्रहरीले निगरानी बढाएपछि सुस्ता गाउपालिका वडा न .३ रेवारेता र बिनयी त्रिबेणि-७ को सिमानासंग जोडिएको नारायणी नदिमा बिहिवार राति नदीजन्य गिट्टी र बालुवा उत्खनन भई रहेको सुराकीको अधारमा सशस्त्र प्रहरी बलका टोलीले ट्याक्टरलाई नियन्त्रणमा लिन पुगेपछि सशस्त्र प्रहरी माथि करिब ३० जनाको संख्या स्थानीयहरुले ढुङ्गामुढा गर्न लागेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बिनयी त्रिवेणीका सशस्त्र प्रहरी नायब निरीक्षक गोबिन्द ढकाललाई सामान्य चोट लागेको थियो । नायब निरीक्षक ढकाललाई चोट लागेपछि थप सशस्त्र प्रहरी र जरलैया युवा क्लबका सहयोगले ढुङ्गामुढा गर्ने मध्ये दुई जना सहित लु ४ त २२१५ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका सुस्ता-३ रेवारेता बस्ने १८ वर्ष तुफानी केवट र सोही स्थानमा बस्ने २० वर्ष श्यामलाल केवट रहेका छन् ।नियन्त्रणमा लिएको ट्याक्टर र दुई जना केवटलाई ईलाका प्रहरी कार्यालय बिनयी त्रिबेणिलाई जिम्मा लगाएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिनयी त्रिबेणिका सशस्त्र प्रहरी निरीक्षक तेज बहादुर ठकुरीले बताएका छ्न । सुस्ताका स्थानीयवासीहरू बताउँछन् की नारायणी नदीको बालुवा गिट्टीको उत्खनन् भइरहेको दोहन चरम रुपमा बढेको छ । तटिय क्षेत्रबाट नदीजन्य वस्तुको अवैध उत्खनन् बढेपछि सुस्ता गाउं नै कटानको जोखिममा पर्ने डरले सुस्तावासी त्रसित बनेका छन् । विशेष सुत्रबाट प्राप्त जानकारी अनुसार सुस्तामा दिनरात चौबिसैै घण्टा उत्खनन् भइरहेको छ ।नदिबाट अवैध उत्खनन गरेर ढुङ्गा , गिट्टी तथा बालुवा लकडाउन खुलेपछि बेेच्नका लागि सुस्ता ,पक्लिहवा ,नर्सही , सुस्ता लगायत विभिन्न स्थानमा स्टक गर्न लागेकाे स्थानीयवासीहरू बताएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x