१५ जेष्ठ २०८१, मंगलवार

विद्यार्थीहरुको लागि शैक्षिक वृत्ति विकास नरोकियोस् भन्ने उद्देश्यले रेडियो स्कुल कक्षा सञ्चालन

एसीपी संवाददाता

१९ बैशाख २०७७, शुक्रबार १०:३४ मा प्रकाशित

बैशाख १९ गते नेपालगंज । कोभिड १९ कोरोना भाइरसको सन्त्रास र लकडाउनको असहजतामा पनि विद्यार्थीहरुको लागि शैक्षिक वृत्ति विकास नरोकियोस् भन्ने उद्देश्यका साथ देखि ’रेडियो स्कुल कक्षा’ शुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाँउ पालिका , बैजनाथ गाउपालिका र जानकी गाउपालिकाको संयुक्त प्रयासमा कृष्णसार एफएम मार्फत् ’रेडियो स्कुल कक्षा’ सञ्चालन गरिएको बागेश्वारी टेलिभिजनको बागेश्वारी विशेष कार्यक्रममा नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिनु भयो ।

कृष्णसार एफएम ९४ मेगाहर्ज, रेडियोको अनलाईन र कृष्णसार एफएमको फेसवुक पेजवाट एकै साथ दिउंसो ३ देखि ५ वजेसम्म सातामा ५ दिन नियमित कक्षा सञ्चालन गरिएको बताउनु भयो । दिउंसो ३ वजे कक्षा ५ सम्मको र ३ वजेर ४० मिनेटबाट कक्षा ६, ७ र ८ को आधारभुत तहका कक्षा संचालन भइरहेको जानकारी दिनु भयो । यस्तै अपरान्ह ४ वजेर २० मिनेटदेखि ५ बजेसम्म कक्षा ९ र १० को मावि तहका मुख्य विषयका कक्षाहरु सञ्चालन हुनेछन् । नेपाल शिक्षक महासंघको समन्वय र सेभ द चिल्ड्रेन, प्लान नेपाल, स्याक नेपाल, समाजिक विकास मञ्चको आर्थिक सहयोगमा संचालन हुने कक्षाहरुमा आईतवार नेपाली, सोमवार अंग्रेजी, मंगलवार विज्ञान, वुधवार गणित र विहिवार सामाजिक विषयका सबै तहका विद्यार्थीहरुले नियमित रेडियो स्कुल नमुना कक्षा मार्फत् घरमैं वसी कक्षा लिन र प्रश्नउत्तरमा सहभागि हुन सक्नेछन् ।

कार्यक्रममा अन्र्तवार्ता दिदै अहिलेको परिस्थीतीका कारण हामी रेडियो मार्फत र अनलाईन एक महिनाको लागि प्रयास गरेको र अभिभावकहरुको सुझाव सल्लाह अनुसार आगाडी जानकारी दिनु भयो । साथै बिद्यार्थीलाई न आत्तिन समय अनुसार सम्पुर्ण अभिभावकहरु ऋहिले घरमा भईरहेको अवस्था यस्तो बेला घरमै आफना छोरा छोरीहरुले स्कुल के ज्ञान शिप पाए चेक जाँज लकडाउनमा सहयोग गर्न अनुरोध गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x