१७ कार्तिक २०८१, शनिबार

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल द्धारा शुभकामना व्यक्त

एसीपी संवाददाता

१९ बैशाख २०७७, शुक्रबार १३:४२ मा प्रकाशित

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गरेका छन । मुख्यमन्त्री पोखरेलले पोष्ट गरेको शुभकामना सन्देसमा श्रमिक दिवस कोरोनाविरुद्ध संघर्षको संकल्प दिवस बन्न पुगेको उल्लेख गर्दै लेखेका छन ‘कोरोना रोकथाप तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले सबै भन्दा बढी प्रभावित वर्ग श्रमिक नै हो । शुभकामना सन्देशमा कोभिड १९ का कारण करोडौ श्रमिकहरुको रोजगारी संकटमा परेको बताउदै उनले संकटका बेला श्रमिकले भोग्नु परेका समस्यामा चिन्ता व्यक्त गर्दै मे दिवसको अवसरमा कोरोना विरुद्ध संघर्ष गर्नका लागि सबैले संकल्प गर्नु पर्ने धारणा व्यक्त गरेका छन ।

१९ बैशाख, २०७७
मजदुर दिवसको शुभकामना
अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदीबहिनीलाई म हार्दिक शुमकामना व्यक्त गर्दछु ।
नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयका दृष्टिकोणले हेर्ने सामाजिक मान्यता रह्यो । कतिपय श्रमका क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता समेत देखिदैन । जसवाट वर्षेनी अरवौको पूँजी रेमिट्यान्सका रुपमा पलायन भइरहेको छ । श्रम शक्तिको विकासवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव छ । श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न हामी दृढ संकल्पित छौं ।
ऐतिहासिक संविधानसभावाट संविधान जारी भएपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको छ । तीनै तहका जननिर्वाचित सरकार नागरिकका आकांक्षा पूरा गर्न क्रियाशिल छन् । विकास र समृद्धिको नागरिकको आकांक्षा पुरा गर्न श्रमशक्तिलाई अर्थतन्त्र र मुलुकको पूर्वाधार विकासमा लगाउनु अनिवार्य छ ।
मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२।०६३ मा भएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलतावाट निर्माण भएको हो । उक्त आन्दोलनमा नेपाली श्रमिकवर्गको सहभागिता र बलिदान अविस्मरणीय छ । नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक र समाजवादउन्मुख राज्यव्यवस्थाको स्थापना गरेको छ । संविधानले व्यवस्था गरेको समाजवादउन्मुख राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित छ । श्रमिकवर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको छ । यो कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन हुँदै श्रमिक वर्गको हित र सम्मान स्थापित हुनेछ ।
यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन सरकारले मुलुकलाई लकडाउनमा राख्ने बेलैमा निर्णय गरेकाले समुदायमा संक्रमण बढेको छैन् । कोरोना विरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । राजनीतिक,प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको छ ।
अहिलेसम्म हामी सुरक्षित छाँैं तर जोखिमबाट मुक्त छैनाँैं, कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छाँैं । लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्नेहरुले कठिनाइ व्यहोर्नु परेको हामीले बुझेका छौं । यो कठीन समयमा कोही नागरिक भोकै बस्न पर्ने अवस्था आउने छैन् । दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रवन्ध मिलाइएको छ ।
म अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा श्रमशक्तिको विकासवाट नै समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न हार्दिक अपील गर्दछु । सम्पूर्ण श्रमजीवी वर्गमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई १) को उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

       शंकर पोखरेल    
        मुख्यमन्त्री

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x