भारतमा अहिले सम्म कोरोना सक्रमितको संख्या ३५ हजार, लकडाउन मेई १७ तारिख सम्म लम्ब्याउने निर्णय

भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारी रोक्न र नियन्त्रणको लागि लगाएको लकडाउन ३ मेई आउन २ बाँकी रहदै मेई १७ तारिख सम्म लम्ब्याउने निर्णय गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन । भारतमा अहिले सम्म कोरोना सक्रमितको संख्या ३५ हजार नाघी सकेको छ भने ८ हजार ८९९ सय जना सन्चो भएका छन । सक्रमणका कारण १ हजार भन्दा बढिको मृत्यू भएको छ । भारतको दिल्ली महाराष्ट्र,गुजरातमा सक्रमण भएका मान्छे फेला परी रहेका छन । शुक्रबार भारत सरकारको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बिभिन्न संचार माध्यमहरुलाई जनाएको छ ।

गृहमन्त्रालयले दिएको जानकारी अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट न दिने बताएको हो । भारतमा हवाई यात्रा, ट्रेन, मल,सम्पुर्ण बन्द रहने छन भने धार्मिक स्थलहरु समेत बन्द नै रहने जनाएको छ । गी्रन जोन मानिने ठाँउमा समेत कडाई बताइएको छ । ३ मेईमा भारतीय प्रधानमन्त्रीले गरेको सम्बोधनको भोली पल्ट प्रदेश महाराष्ट्रमा अपराधिक गिरोहले अफवाह गरेर हल्ला मचाएका कारण २००० भन्दा मान्छे घर जान ट्रेन पाउने हल्ल गरेका थिए भने यस थप कडा गर्ने निर्णय समेत गरेको ।



