१२ मंसिर २०८०, मंगलवार

बाँकेमा रहेका मन्दिर, मस्जिद लगायत धार्मिक स्थलका धर्म गुरुहरुको पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

एसीपी संवाददाता

२० बैशाख २०७७, शनिबार ०४:१७ मा प्रकाशित

बाँकेमा रहेका मन्दिर, मस्जिद लगायत धार्मिक स्थलका धर्म गुरुहरुको पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको छ । बाँकेको नेपालगञ्जमा रहेको फैजाने मदिनाबाट बुधबारदेखि परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले जानकारी दिनु भयो । नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दु धर्मगुरु तथा बागेश्वरी मन्दिरका मुल महन्त सद्भाव समितिका संयोजक चन्द्रनाथ योगीसहित मन्दिरमा बस्दै आएका ७ जना धर्म गुरुहरुको कोरोना परिक्षणको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहले बताउनुभयो ।मुस्लिम आयोगले बिशेष गरि मस्जिद मदरसाको अनुगमन गर्नका लागि समिति बनाएर जिल्लागत रुपमा काम सुरु गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x