३१ जेष्ठ २०८१, बिहीबार

कोरोना संक्रमण पुष्टि भएपछि उनको घरपरिवार र सम्पर्कमा आएका हरुको स्वाब लिन शुरु

एसीपी संवाददाता

२० बैशाख २०७७, शनिबार ०६:०० मा प्रकाशित

नेपालगन्ज डिएसपी रोडका ६० वर्षीय एक पुरुषमा हिजो कोरोना संक्रमण पुष्टि भएपछि उनको घरपरिवार र सम्पर्कमा आएका ब्याक्तिहरुको स्वाब लिन थालिएको छ ।आज विहानदेखि प्रहरी र सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीले संक्रमित ब्यक्तिको घरपरिवार, उनी जाने मस्जिद र मदरसाका विद्यार्थीहरुको स्वाब लिन थालेका हुन् । संक्रमित ब्यक्तिको घर वरपर, उनी जाने महेन्द्र पार्कस्थित जुलाहनपुर्वाको मस्जिद र मदरसालाई प्रहरीले हिजैदेखि डोरीले घेरेर शिल गरेको छ । प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो । उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ । नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो । ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका ती युवा लामो समयदेखि उनी घर छोडर मस्जिद बस्दै आएका छन् । उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x