१७ मंसिर २०८०, आईतवार

वडा वासीको सुबिधालाई मध्यनजर गर्दै घरदैलो मै पुगी सामाजिक सुरक्षा भत्ता बितरण गदै-अध्यक्ष शाह

एसीपी संवाददाता

५ जेष्ठ २०७७, सोमबार १४:२९ मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ ले घरदैलो मै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न शुरु गरेको छ । वडा नम्बर १३ को कार्यालयले आईतबार देखि आप्mनो वडामा सामाजिक सुरक्षा भत्ता बितरण गर्न शुरु गरेको हो । सामाजिक सुरक्षा भत्ता अन्र्तगत ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, बिधुवा, एकल महिला, दलित बालबालिकाहरुले पाउने रकम घरदैलो मै पुगेर दिईएको हो । वडा नम्बर १३ का सचिव मदन बहादुर रावतले आईतबार १ सय ६ जना तथा सोमबार १ सय १० जनालाई उनीहरुको टोल मै पुगेर भत्ता बितरण गरिएको बताउनुभयो ।

यस अघि नेपालगन्जस्थित सिविल बैंक मार्फत सामाजिक भत्ता बितरण गरिदैं आएको थियो । वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाहले अहिलेको बिषम परिस्थितीमा वडाबासीको समस्या र सुबिधालाई मध्यनजर गर्दै गाउमै सामाजिक भत्ता दिन लागिएको बताउनुभयो । वडा नम्बर १३ मा रहेका लालापुर्वा, उदयपुर लगायतका केहि ठाउँहरु बजार भन्दा केहि टाढा रहेका छन । त्यहाँका बासिन्दाहरुलाई सामाजिक भत्ता लिनका लागि करिब ४ किलोमिटर टाढा जानु पर्ने बाध्यता रहेको छ । लकडाउनको बेला सामाजिक भत्ता लिन बैंकमा जान झनै समस्या रहेको छ । आप्mनो गाँउमै सामाजिक सुरक्षा भत्ता पाउँदा स्थानीय बासीहरु खुसी भएका छन । स्थानीय कमलेश खटिकले गाँउ मै सामाजिक सुरक्षा पाउँदा आफुहरुलाई सहज भएको बताउनुभयो । वडा नम्बर १३ मा ७ सय ८ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिईने वडा कार्यालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x