१७ मंसिर २०८०, आईतवार

कोहलपुरमा दुर्घटना हुँदा २४ वर्षीय भुषालको मृत्यु २७ वर्षीया प्रतिक्षा भुषाल गम्भीर

एसीपी संवाददाता

२० बैशाख २०७७, शनिबार १२:३५ मा प्रकाशित

कोहलपुरको एनटिभि चोकमा आज दुर्घटनामा परि कोहलपुर नगरपालिका वडा नं. २ का २४ वर्षीय किरण भुषालको मृत्यु भएको र मोटरसाइकिल बसेका २७ वर्षीया प्रतिक्षा भुषाल गम्भीर घाईते भएकी छन । उनीहरुलाई आर्मीको गाडीले ठक्कर दिएको बताईएको छ । नेपालगञ्जबाट कोहलपुर जाँदै गरेको नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले मोटरसाइकिल भे ४ प ७६२० नम्बरलाई ठक्कर दिँदा मोटरसाईकल चालक भुषालको मृत्यु भएको छ साथै मोटरसाईकल पछाडी बसेकी बारबर्दिया नगरपालिका ४ की २७ वर्षीया प्रतिक्षा भुषाल गम्भीर घाईते भएकी छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । दुर्घटनालगत्तै ईलाका प्रहरी कार्यालय कोहलपुरले सेनाको गाडीलाई नियन्त्रणमा लिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x