७ कार्तिक २०८१, बुधबार

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू

एसीपी संवाददाता

२० बैशाख २०७७, शनिबार १३:०५ मा प्रकाशित

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । अघिल्लो बैठकभन्दा यो बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बदलिएको छ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको बस्ने कुर्सी राखिएको छ । ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण डेढ घण्टा पछि सरेको थियो । गत बुधबार बसेको बैठकमा बहुमत सदस्यले ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेपछि प्रधानमन्त्रीले कोरोना संक्रमण सकिएपछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए । त्यसपछि नेकपाको विवादले नयाँ मोड लिएको छ । आजको बैठकअघि प्रधानमन्त्री ओलीले गौतम, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए । उनीहरुबीच के छलफल भयो भन्ने कुरा आइसकेको छैन । सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । राष्ट्रपतिलाई भेट्नुअघि प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । वामदेवसँगै सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग ओलीले छलफल गरेका थिए । सभार – इ कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x