नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ सहित कोरोना सक्रमित क्षेत्रलाई दमकलबाट सेनेटाइज गरिएको छ

नेपालगंज उपमहानगरपालिका वडा नम्बर ८ सहित कोरोना सक्रमित क्षेत्रलाई दमकलबाट सेनेटाइजर गरिएको छ । बाँके कोरोना सक्रमित ब्यक्ति फेला परेका स्थान सहित सक्रमण मानिने स्थानहरुलाई सेनेटाइजर गरेको बताईएको छ । नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय हुन् ।भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । यसैबीच भारत श्रावस्ती क्वारेन्टाइनमा रहेका नेपालीहरुले भारतिय प्रहरीबाट कुटाइ खाएपछि लुकि छिपी नेपालस्थित नरायनापुर नाका हुँदै नेपाल पसेका छन् ।

शुक्रबार राती नरायनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक साहले यसरी एक दुई गर्दै भागेर नेपाल प्रवेश गरेका २१ जनालाई आदर्श स्कुल स्थित क्वारेन्टाइनमा राखिएको बताउनु भयो ।
अध्यक्ष साहका अनुसार यसरी भागेर नेपाल प्रवेश गरेका पीडितहरुलाइ बाँके प्रशासनले भारत नै फर्काउन दबाब दिएको जनाउनु भएको छ । भारत श्राबस्तिको क्वारेन्टाइनमा बस्दै आएका पीडितहरुले चरम यातना पाएपछि भागेर नेपाल छिर्न बाध्य भएको बताएका छन् भने प्रहरीले सो पीडितहरुलाइ उतै फर्काउन अध्यक्ष साहलाइ दबाब दिइरहेको कुरा गुडन्युज खबर संग अध्यक्ष साहले दोहोर्याउनु भयो ।



