ग्लेसियर ईन्टरनेश्नल कलेज स्कुलको अनलाईन कक्षा प्रभावकारी बन्दै

हरि आचार्य काठमाण्डौ, बैशाख २०
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलन नदिन लकडाउन घोषणा भएसंगै शैक्षिक क्षेत्रमा ठुलो समस्या भएको छ । परिक्षाको पुर्व सन्ध्यामा लकडाउन भएपछि विद्यार्थी चिन्तित बनेका छन् । सोहि समस्यालाई मध्यनजर गर्दै विद्यार्थीहरुको अध्ययनलाई निरन्तरता दिने उद्दृश्यले ग्लेसियर ईन्टरनेश्नल कलेज स्कुलले सञ्चालन गरेको अनलाईन कक्षा प्रभावकारी बन्दै गएको छ । देशेको राजधानी काठमाडौंको नया बानेश्वर स्थित उक्त कलेजले विद्यार्थीहरुको लकडाउनको समयमा विद्यार्थीहरुको शैक्षिक स्तर घट्न नदिने उद्देश्यले अनलाईन कक्षा सुरु गरेको कलेजका विज्ञान विषय विभाग प्रमुख गोपाल बहादुर महतले बताएका छन् । यसबाट करिव ४ सय जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।
नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको अवस्थामा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन विद्यालयले बैशाख ५ गतेबाट अनलाइनबाट कक्षा सुरु गरेको हो ।
कक्षा ११ ,१२ तथा १ देखि ८, ९, १० र लकडाउनले सबै भन्दा प्रभाव पारेका एसईईको तयारी गरिरहेका विद्यार्थीका लागि अनलाइन कक्षा सुरु गरिएको बिज्ञान विषय विभाग प्रमुख महतले जानकारी दिए ।
अनलाइन कक्षा सञ्चालनका साथ साथै विद्यालयले चित्रकला, हस्तलेखन, थ्रीडीआई भिडियो प्रोजेक्ट, निबन्ध लेखन प्रतियोगिता छिट्टै सञ्चालन गरेर विद्यार्थीहरूलाई सहभागी हुन प्रोत्साहित गर्ने छ ।
विद्यार्थीलाई घरायसी काम सिकी व्यवहारिक हुन उत्साहित गर्ने उद्देश्यले त्यस्ता काममा संलग्न भएको भिडियो विद्यालयको फेसबुक पेजमा राखिने पनि बताईएको छ ।
साथै विद्यार्थीहरुको अतिरिक्त क्षमता विकास गर्ने उद्देश्यले यहि बैशाख २३ गते साँझ साढे ५ बजे एसईई दिने विद्यार्थीहरुलाई मध्यनजर गर्दै फेस्बुक लाईभ मार्फत अनलाईन क्विज तथा अर्को हप्ता अनलाईन कविता सञ्चालन गरिने भएकाले ……….. जोडिन सम्पुर्ण विद्यार्थीहरुलाई विभाग प्रमुख महतले आग्रह गरे । त्यस्तै गरि एसईईको तयारी गरिरहेका विद्यार्थीहरुका लागि भविष्यमा फोटोग्राफि प्रतियोगिता सञ्चालन गरिने कलेजका सहायक प्रधानाध्यापक रेगन पर्साईले बताए ।
काठमाडौंको मुख्य क्षेत्रमा रहेको २६ बर्ष पुरानो यस स्कुलले कक्षा मन्टेश्वरी देखि डिग्री सम्म करिव १८ सय विद्यार्थीलाई अध्यापन गराईरहेको छ । मन्टेश्वरी देखि ९ कक्षा सम्मको नया भर्ना अनलाइन बाट लिने व्यबस्था गरिएको प्राचार्य दिवस शक्यले बताए ।