रौतहटमा सक्रमणबाट निको भएका मध्ये १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि आइसोलेसनमा


नेपालमा लकडाउको शुरु भएको आज ४१ औं दिन कोभिड १९ कोरोना भाइरसबाट सक्रमति ५९ जना पुगेका छन भने कोरोना सक्रमणबाट निको भएका मध्ये रौतहटमा एक साता अगाडि निको भएर घर फर्किएका रौतहट, इशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुन नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको छ । शनिबार राति साढे ७ बजेतिर उनलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो । तीन भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक गत आइतबार निको भएर नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए । कोरोना संक्रमण पोजिटिभ देखिएपछि रौतहटका युवकले गत वैशाख १ देखि नारायणी अस्पतालको आइसोलसन वार्डमा उपचार गराएका थिए । अस्पतालका अनुसार वैशाख १० र १३ मा कोभिड–१९ परीक्षण नेगेटिभ आएपछि वैशाख १४ मा डिस्चार्ज गरिएको थियो । डिस्चार्ज हुने खबर पाएपछि युवकलाई लिन उनका आफन्त एम्बुलेन्स लिएर नारायणी अस्पताल आएका थिए । डिस्चार्जपछि ती युवक एक सातादेखि घरमा आफन्तसँग बस्दै आएका थिए ।