२४ कार्तिक २०८२, आईतवार

कांग्रेसले देश बाहिर भएका नेपालीहरुलाई अप्ठ्यारोमा भए सहयोग गर्ने

एसीपी संवाददाता

२२ बैशाख २०७७, सोमबार ०४:०० मा प्रकाशित

बैशाख २२ । नेपाली कांग्रेसले देश बाहिर भएका नेपालीहरुलाई अप्ठ्यारोमा भए सहयोग गर्ने र आवस्यक परे स्वदेश फिर्ता ल्याउन पहल गर्ने निष्कर्ष निकालेको छ।हिजो भिडियो कन्फरेन्स मार्फत नेपाली कांग्रेसका जनसम्पर्क समितिका वर्तमान तथा पुर्व सभापतिहरु सँग कोरोना भाइरसको संकट,देशको अहिलेको अवस्था र नेपाली कांग्रेसको आगामी रणनीति बारेमा नेपाली कांग्रेसले छलफल गरेको छ। छलफलमा नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा,उपसभापति बिमलेन्द्र निधि,सहमहामन्त्री डा.प्रकाश शरण महत,जन सम्पर्क समिति बिभागका संयोजक गोबिन्द भट्टराई,संबिधानसभा सदस आर्जु राणा देउवा आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्ट, बालकृष्ण पान्डे लगायतको सहभागीता थियो। पार्टी सभापति शेर बहादुर देउवाले भिडियो कन्फरेन्समा बोल्दै कांग्रेस पार्टी सभापति शेर बहादुर देउवाले देश बाहिर भएका नेपालीहरुलाई अप्ठ्यारोमा भए नेपाल सरकारले सहयोग गर्नुपर्ने र आवस्यक परे स्वदेश फिर्ता ल्याउन सरकार सँग पहल गर्नु पर्ने बताएका थिए। भिडियो कन्फरेन्समा पार्टीका नेताहरूले आफ्नो धारणा राखेका थिए। सामाजिक तथा स्वास्थ्य क्षेत्रका विषयमा कांग्रेस नेत्री आर्जु राणा देउवाले, पार्टी अधिबेशनका बारेमा कांग्रेस उपसभापति बिमलेन्द्र निधिले बोलेका थिए भने कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले देशको परिस्थिति, राजनीति सरकारका बिषयमा बोलेका थिए। सहमहामन्त्री महतले भिडियो कन्फरेन्समा बन्दाबन्दिको कारनले आर्थिक सामाजिक जीवन अस्तब्यस्त भएको र यस्तो बेलामा पनि कम्युनिस्ट पार्टीको सरकार जनतको आवस्यकता र पिरमर्का प्रती केन्द्रित हुनुको सट्टा सत्ता संघर्षमा केन्द्रित भएको भएको आरोप लगाए। उनल नेपाली कांग्रेस पार्टी प्रतिपक्षीमा भएपनी जनतको पिर मर्कामा मलम लगाउने काम गरिरहेको पनि बताए। भिडियो कन्फरेन्समा सहभागी भएका जनसम्पर्क समितिका वर्तमान तथा पुर्व सभापतिहरुले आफुहरुले बिदेशमा भएका नेपालीहरुलाई राहत तथा उद्दारमा सहयोग गरिरहेको जानकारी कांग्रेस नेताहरुलाई दिएका थिए।सभार / देशान्तार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x