१७ मंसिर २०८०, आईतवार

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

२१ बैशाख २०७७, आईतवार १३:५१ मा प्रकाशित

बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो कोरोना संक्रमित व्यक्तिको घरपरिवार, आफन्ती र उनले पढाएका ९० जनाको स्वाब लिइएकोमा ३० जनाको रिपोर्ट आएको हो। त्यसमध्येमा नौ जनामा कोरोना पुष्टि भएको भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले जानकारी दिए।संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ६० जनाको रिपोर्ट आउन बाँकी छ। उनको सम्पर्कमा रहेका अरु केही व्यक्तिको आइतबार पनि स्वाब लिइएको छ। संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ। १७ गते फूलबारी मस्जिदमा जाँच गर्दा ६० वर्षीयमा कोरोना देखिएपछि उनको घर, उनी जाने मस्जिद र पढाउने मस्जिदलाई सिल गरिएको छ। वडा नं. ८ को जुलाहनपुरुवामा रहेको मस्जिदमा उनी दैनिक पढाउन जाने गर्थे।जुलाहनपुरुवा टोललाई नै सिल गरेर क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो। संक्रमितलाई खजुरास्थित आइसोलेसन कक्षमा राखिएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x