समाजिक संजालमा मार्फत धार्मिक सदभावमा खलल पुग्ने खालका समाचार प्रकाशन प्रसारण नगर्न अनुरोध – जिप्रका बाँके


बैशाख २२ गते नेपालगंज । समाजिक संजाल मार्फत समाचार बनाएर पोस्ट गर्नेहरुलाई सावधान रहन सुचना जारी । जिल्ला प्रहरी कार्यालय बाँकेले आज सुचना जारी गर्दै समाजिक सदभावमा अाँच पुग्ने खालको भ्रामक पुर्ण आफनो समाचार समाजिक संजाल फेसबुकमा पोस्ट न गर्न अनुरोध गरेको छ । जातियता धार्मीक कुरालाई लिएर तथा अर्नगल कुराको पछि लागेर पछिल्लो समयमा फेसबुकमा अफवाह फैलाउने ब्यक्तिहरु माथी कार्यालयले निगरानी बढाएको छ । सोमबार २२ गते जिल्ला प्रहरी कार्यालय बाँकको प्रहरी नायब उपरिक्षक सुचना अधिकारी एवं प्रवक्ताले जारी गरेको सुचना अनुसार कोरोना भाइरसको बिषयमा नेपाल सरकारको अधिकारीक सुचना नियमित जानकारी गराउने गरेको छ । सो बिषयमा गलत सुचना,समाचार प्रकाशन प्रसारण पोस्ट, शेयर, लाईक, कमेन्ट, न गरी दिन् समेत अनुरोध गरेको छ । समाजिक तथा धार्मिक सदभावमा खलल पुग्ने खालको समेत समाचार प्रकाशन प्रशारण न गरी दिन अनुरोध गदै उक्त सुचनाको बेवास्ता गरेको पाईएमा कानुन बमोजिम कारवाही गर्न समेत उल्लेख गरिएको छ ।