२१ बैशाख २०८३, सोमबार

वर्षको अन्तिमसम्म कोरोना भाइरस विरुद्धको भ्याक्सिन बन्ने दाबी,अमेरिकामा ६७ हजार भन्दा बढिको मृत्यू

एसीपी संवाददाता

२२ बैशाख २०७७, सोमबार ०६:४७ मा प्रकाशित

एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्तिमसम्म कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्ने दाबी गरेका छन् । अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस वर्षको अन्त्यसम्मका कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्ने बताएका हुन् । हाल सम्म अमेरिकामा हालसम्म ६७ हजार ६ सय ८२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ११ लाख ५८ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा एक लाख ८० हजार १ सय ५२ जना निको भएका छन् । सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ४७ हजार ४ सय ७३ पुगेको छ । साथै ३५ लाखभन्दा बढी संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये ११ लाख २५ हजारभन्दा बढी निको भएका छन् ।

फाइल तस्बीर

‘मलाई पूर्ण विश्वास छ कि यस वर्षको अन्त्यसम्ममा हामीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पाइसक्नेछौं,’ ट्रम्पले अन्तर्वार्तामा भनेका छन् । साथै ट्रम्पले यस विद्यालयहरु सेप्टेम्बर महिनामा खोल्ने संकेत पनि गरेका छन् । साथै ट्रम्पले ‘हाइड्रोक्सिक्लोरोक्विन’ नामक औषधि बनाउने कम्पनीमा आफ्नो कुनै लगानी रहेको स्पष्टीकरण दिँदै यसको प्रयोगबाट असर नगर्ने बताएका छन् । यसबाट कमसेकम मानिसको मृत्यु त भएको छैन,’ ट्रम्पले भने । तर चिकित्सकहरुले भने कोरोना भाइरस संक्रमितको उपचारमा ‘हाइड्रोक्सिक्लोरोक्विन’ लाभदायक भएको कुनै प्रमाण नभएको दाबी गरेका छन् । बरु अमेरिकी चिकित्सकहरुले ‘रेम्डेसिभियर’ नामक औषधि भने प्रभावकारी भएको दाबी गरेका छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x