( जनताको आवाज ) फेसबुक मार्फत नयाँ पोस्ट ताजा पोस्ट जनताको बिचार


नेपालगञ्ज उप महानगरपालिका तथा समस्त नगरवासी लाइ अनुरोध छ । अहिले सम्म जे जती तरकारी भारत बाट आयात भए ति सबै तरकारीहरु नगर पालिकाले आफ्नो मातहत मा लिइ त्यसलाइ प्रत्येक वडाका जनप्रतिनिधि मार्फत वडावासीहरुमा उचित मुल्यमा वितरण गर्ने वातावरण बनाउनु पर्यो ।र आगामी दिनमा भारत बाट आयात रोकी बाँके तथा आसपासका गाँउहरुमा उत्पादन भएका तरकारी भित्राउनु पर्यो । सब्जी मण्डी तथा घुमन्ते तरकारी व्यापारीहरु पूर्णरुप ले बन्द गर्नु पर्यो । नगरवासीहरुले पनि ध्यान दिनु पर्यो अति आवश्यक काम बाहेक बाहिर ननिस्कौ । खाद्यान्न किनु परेमा आफ्नै वडामा भएका नजिकका खाद्यान्न पसलबाट खाद्यान्न किनौ । यदि छरछिमेक मा कोही बिरामी भै हालेमा वडा जनप्रतिनिधि संग सल्लाह गरी उपचारमा सहयोग गरौ । घरमै बसाै सुरक्षित बसाै । बाहिरी सम्पर्क बिच्छेद गराै (फाेन भन्न खाेजेकाे हाेइन) ।

नेपालगन्ज भारतिय खुला सिमाना सङ्ग जोडिएको शहर भएकोले कोरोना संक्रमणको उच्च जोखिमता हुँदा हुँदै हिजो एकै दिन थप १५ जना को संक्रमण देखिनुले यो शहर झन अति जोखिम पुर्ण बन्न पुग्यो यस्तो अबस्थामा हामीले लापरबाही गरयौ र सरोकार राख्ने सम्बन्धित निकायले यस अवस्थालाई ध्यान नदिइ तदारुकता साथ कदम चालेन भने अझै भया भयको अवस्था सृजना हुने कुरामा दुई मत छैन त्यसैले Survillieance (संक्रमण खोज पड्ताल) विधि बाट प्रत्येक घर बाट कम्तिमा एउटा स्वाब नमूना( Throat swab sample) संकलन गरि जाँच गरियोस् जसले समयमै उपचार र नियन्त्रणमा ठुलो भुमिका खेल्ने छ सम्बन्धित हामी सबै लाई चेतना भया ।

यो ४१ दिन को lockdown मा कमाएको पैसा सकिएर थप ऋण पनि लाग्यो । जागीर पनि छैन बेचेर खाने अन्य सम्पती पनि छैन । भएको एउटा सानो ब्यापार त्यो पनि बन्द छ । अहिलेसम्म राहत पनि लिएको छैन । तर \अब सरकारले म जस्ता मध्यम बर्गिय परिवार को बारेमा सोच्नुपर्ने मात्रै हैन तुरुन्तै action मा आएर सहयोग गर्नुपर्यो । अमेरिका जस्तो देशहरूमा आम जनता को बैंक खातामा पैसा हालेर सहयोग गरेका छन ।
यहाँ त आश्वासन को खेती मात्रै भयो ।
घरमा बसौ सुरक्षित रहौ भन्ने धारणा सरकार को हो भने आम जनताको घर घरमा दाल, चामल, तेल,नुन, पुर्याउने र औसधी उपचार गर्ने दायित्व पनि सरकारकै हो । अन्यथा हिजो खान नपाएर आत्म हत्या गर्ने मान्छे देशको राजधानी काठमाडौं मै भेट्टीयाे । यस्तै रह्यो भने देशभरि भोकमरी, आत्महत्या, लूट पाट को अवस्था सिर्जना हुन्छ । यदि यति गर्न सक्दैनौ भने प्रधानमन्त्री को कुर्सीमा fevicol जस्तै चप्किएर बसिरहनु को कुनै औचित्य छैन ।