हाम्रो सचेतनाको स्तर !! लक डाउनको पालना गरौं !! Bk season facebook
हाम्रो सचेतनाको स्तर !! लक डाउनको पालना गरौं !!विषय: सबैसँग सम्बन्धित,स्थान: नेपालगन्ज , समय : निरन्तर ।’रोग र दुर्वलताबाट मुक्त हुनुमात्र नभई शारीरिक मानसिक तथा सामाजिक तवरले पुर्ण तन्दुरुस्तिको अवस्थालाई नै स्वास्थ्य भनिन्छ ।’-विश्व स्वास्थ्य संगठन,१९४६ । पछिल्लो अवधिमा Covid 19-Pandemicबाट जोगिनुको चुनौति त छँदैछ,मानसिक रुपमा पनि सर्वसाधारण असहज महशुस गरेको सहजै बुझिन्छ । ‘Pandemic is not a word to use lightly or carelessly. It is a word that, if misused, can cause unreasonable fear, or unjustified acceptance that the fight is over, leading to unnecessary suffering and death.’दैनिक जिवन चलाउन आबश्यक पर्ने सामन्य सूचना मात्रै लिने गरौं,अनाबश्यक रुपमा सूचना ग्रहन गर्दैजाँदा मानसिक रुपमा विरामी पर्न सक्ने अवस्थाबाट पनि बचौं ।संविधानमा,ऐन कानुनमा विभिथन्न ब्यवस्था छन,केही दिनलाई धारा,उपधारा,दफा,उपदफा…स्टे अर्डर…कर्फ्यु…जे लगाएर भएपनि नेपालगन्जमा इण्टरनेट सर्भर डाउन गरौं स्वास्थ्य परिक्षणमा सबैखाले संयन्त्रको परिचालन गरौं, लक डाउनको पुर्ण पालना गराउनु पर्ने अवस्था छ, यसबीचमा संक्रमणको उच्च सम्भावना त छँदै छ त्यो भन्दा पनि बढी (केही)सञ्चार माध्यम र सामाजिक सञ्जालको संत्रास छ !! भौतिक रुपमा लक डाउन भनिएपनि मानसिक रुपमा केही सञ्चारमाध्य र सामाजिक सञ्जालले संत्रास थपिरहेका छन् । राज्य संयन्त्रको कामको गतिमा तिब्रता आवश्यक छ,जनशक्ति कम छ भने विषयगत क्षेत्रका विज्ञहरुलाई स्वयंसेवकको रुपमा पनि काम गर्न आह्वान गर्नु पर्ने अबस्था देखिन्छ । टोल टोलमा बाटो अवरोध गरेर संक्रमणबाट बच्न गरेको उपायले नै हाम्रो सचेतनाको स्तर देखाउँछ । राज्यले तय गरेको विधि प्रक्रियाको पालन गरौं, कहिं कतै केही गलत भएको थाह हुन आउँछ भने आबश्यक प्रमान सहित सम्बन्धित निकायलाई जानकारी गराउँ ।