(घरमै रहौ सुरक्षित रहौ) भन्ने मुल नाराका साथ मन्दिर,मस्जिद,गुरुद्धाराबाट सुचना प्रसारण,डुडुवा गाँउपालिका सर्वदलीय बैठक सम्पन्न

बाँकेको डुडुवा गाँउपालिका वार्ड नंबर-६ ले आज मिति२०७६/१/२२ गतेका एक सर्वदलीय बैठक गरि विभिन्न निर्णयहरु गरेको छ । बैठकमा स्थानीय सुरक्षाको शस्त्र प्रहरीको प्रमुख, इलाका प्रहरी हिरमिनियाका प्रमुख, वडा अध्यक्ष मोहनराम मिश्रा, जनमत पार्टीका नेताद्वय मोहम्मद हुशेन शाह, रियाज अंसारी, राप्रपाका रामधनी यादव, जनता समाजवादी पार्टीका झलारी शेष, काँग्रेसका प्रतिनिधि वडा सदस्य मर्दान अली शेष,वडा सदस्य तिरथराम बर्मा, युवा समाजसेवी अजय मौर्य एंव अन्यको सहभागितामा बैठक बसेको थियो ।

बैठकबाट निम्न निर्णयहरू भएका छन पूरै वडालाइ नै लकडाउन गर्ने जसमा प्रत्येक गाउँ गाउँ नै सिलबन्दी गर्ने मुख्य बाटो छोडेर निर्णय भएको छ । कृषकहरुले उत्पादन गरेका तरकारी / दूध इत्यादी तत्काल बजार न पठाइ गाँउघरमै प्रयोग गर्ने तथा उत्पादनलाई बजार सम्म पुर्याउनको लागि बाँके प्रशासनसंग समन्वय गरि छिटो नै समस्याको समाधान गर्ने निर्णय गरिएको छ । वडा बाहिरका ब्यापार गर्न आउने जाने तत्काललाई रोक लगाउने निर्णय गरिएको छ । वडाको सुरक्षाको लागि प्रत्येक गाँउमा ५-५ जनाको स्वयंसेवक दस्ता निर्माण गरि परिचालन गर्ने निर्णय गरिएको छ । यस जानकारीलाई जनतासमक्ष पुर्याउनको लागि वडा अन्तरगत रहेका मन्दिर, गुरुद्वारा, मस्जिदको लउडिस्पीकर/मैकबाट आज नै एलान गर्ने निर्णय गरिएको छ ।

घरमै रहौ सुरक्षित रहौ स्थानियहरु स्बतः परिचालन गरिने स्थानिय जनमत पार्टीका केन्द्रिय सदस्य मो. ईरफान शेखले जानकारी दिनु भयो ।



