मंगलबार देखि बिहान ११ बजे बाट निषेधाज्ञा लागु गर्ने निर्णय

मंगलबार देखि बिहान ११ बजे बाट निषेधाज्ञा लागु गर्ने निर्णय
जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार सम्पन्न बैठकले मंगलबार देखि बिहान ११ बजे बाट निषेधाज्ञा लागु हुने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाको अध्यक्षतामा प्रदेश सभासद आईपी खरेल,नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणा, जिल्ला समन्वय समितीका अध्यक्ष अजय श्रीवास्तव, राजनितिक दल नेपाली काँग्रेश बाँकेका सभापति किरण कोइराला,जसपाका कमरुदिन राई प्रमुख, सुरक्षा निकायका प्रमुखको उपस्तिथीमा बसेको बैठकले भोलि बिहान ११ः०० बजे देखि ३ दिन सम्म लागू हुने गरि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । साथै धार्मिक सद्भाव खल्बलिने खालको कुनै पनि कुरा सामाजिक संजालमा पोस्ट गरेको खण्डमा कडा भन्दा कडा कार्बाही गरिने पनि निर्णय गरेको छ । भोलि बिहान ११ बजे भित्र आफू लाई चाहिने सामान खरिद गरि घर मै सुरक्षित बस्न सम्पुर्ण नागरिकहरुलाई अनुरोध गरिएको छ । कोरोना भाइरस कोभिड १९ मध्यनजर जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय भएको ।