१२ मंसिर २०८०, मंगलवार

तत्काल २५० थान किट नेपालगञ्ज पठाउन निर्देशन

एसीपी संवाददाता

२२ बैशाख २०७७, सोमबार १४:१३ मा प्रकाशित

कोरोना(कोभिड–१९) को स्वास्थ्य परिक्षणको दायरालाई बढाइनु पर्ने भन्दै आवश्यक स्वास्थ्य सामग्रीको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका बाँकेका सांसद्हरुले आज स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्यमन्त्रीले तत्काल २५० थान किट नेपालगञ्ज पठाउन निर्देशन । नेपालगञ्जमा १६ जनामा कोरोना संक्रमण देखिएपछि थप कोरोना परिक्षण किट, स्वास्थ्य सामग्री, प्राविधिकसहितको उपकरणहरुको माग गर्दै सांसद्हरुले आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै भेटेर ध्यानाकर्षण गराएका हुन् । सम्वाद समूह बाँकेको पहलमा शनिबार गरिएको भिडियो सम्वादमा संघीय एवं प्रदेश सांसद्हरुले आवश्यक पहलका लागि प्रतिवद्धता व्यक्त गरेका थिए । विभिन्न पार्टीको समेत प्रतिनिधित्व गर्नुहुने ५ जना सांसद्हरुले कोरोना रोकथाम र नियन्त्रणको लागि तत्काल उचित पहल गर्न माग गरेपछि स्वास्थ्यमन्त्रीले तत्काल २५० थान किट नेपालगञ्ज पठाउन निर्देशन दिनुभएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x