१७ मंसिर २०८०, आईतवार

भारतबाट आएको खाली ट्रकमा एक करोड भन्दा बढि रकम प्रहरी द्धारा बरामद

एसीपी संवाददाता

२३ बैशाख २०७७, मंगलवार १२:२८ मा प्रकाशित

फाईल – तस्बीर

बैशाख २३ गते । भारतको सुपौलबाट आएको खाली ट्रकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले मोरङको रानीबाट एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेको छन् । भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा प्रहरी र सश्त्रको संयुक्त टोलीले केहीबेर अघि कार्टुनमा राखिएको अवस्थामा उक्त रकम बरामद गरेको हो भन्दै ईकातिन्पुरले समाचार प्रकाशित गरेको छ । बरामद रकम गन्ने क्रम जारी रहेकाले अझै बढ्न सक्ने सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले बताए । लकडाउनको बेला सीमा नाका सिल भएपनि अत्यावश्यक वस्तुको ढुवानको नाममा उक्त ट्रक भारतबाट भित्रिएको थियो । प्रहरीले ट्रकका चालक र सह(चालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । बरामद रकम तस्करले आफ्नो धन्दा चलाउन उक्त रकम भित्र्याएको हुन सक्ने प्रहरीले अधिकारीले जानकारी दिए । यसअघि रक्सौलबाट भित्रिएको इन्धनको ट्यांकरबाट र विराटनगरमै राहतको सामान वितरणका लागि रााखिएको गाडीबाट लागूऔषधसहित मानिस पक्राउ परेका थिए ।

https://www.facebook.com/mahidrabike.shoroom.5/videos/159340531728349
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x