७ कार्तिक २०८१, बुधबार

उत्तर प्रदेशको जिल्ला बहराइचमा मंगलबार थप २ जना कोरोना सक्रमित

एसीपी संवाददाता

२३ बैशाख २०७७, मंगलवार १३:४२ मा प्रकाशित

नेपालसंग जोडिएको भारतीय सिमा उत्तर प्रदेशको जिल्ला बहराइचमा मंगलबार थप २ जना कोरोना सक्रमित पोजिटिभ भेटिएका छन । बहराइच जिल्लामा सक्रमित संख्या १७ पुगेको छ । प्राप्त जानकारीका अनुसार दुबै बिरामीहरू निजी अस्पतालमा रहेका डाक्टरहरूसँग सम्पर्कमा रहेका थिए र उनीहरूको उपचार भइरहेको थियो । बहराइच नगर बक्शी पुरा निवासी २६ बर्षिय नम्रता श्रीवास्तव गर्भवती छिन् र उनको केडिया अस्पतालमा महिला चिकित्सक डा. रीना केडियाबाट उपचार भइरहेको छ । यसैबीच, थानी बुन्डीको केला गाउँकी ६५ बर्षिय महिला कुन्ना देवीको दिन नगर क्षेत्रका डाक्टर रिजवानबाट उपचार भइरहेको थियो । मेडिकल कलेजका सीएमओ डा. सुरेश सिंहलाई ती दुई महिलाको निजी अनुसन्धान रिपोर्टमा कोरोना सक्रमण रहेको पाएपछि जानकारी गराए सग्गै उनीहरुलाई अहिले अस्पतालमा दुबै बिरामीहरुलाई कोरेन्टाइनमा राखिएको स्वास्थ्य टोलीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x