नेपाल अहिले आफ्नै आन्तरिक कलहले लथालिङ्ग

मनोज तिवारी , नेपालगंज
अहिले मुलुकभित्र ठुलो संकट देखापरेको छ । राष्ट्रका लागि ठुला ठुला लडाइ जितिसकेको नेपाल अहिले आफ्नै आन्तरिक कलहले लथालिङ्ग परेको छ।ब्यक्तिगत स्वार्थका लागि आपसमा मनमुटाव र द्वन्द एक अर्काप्रतिको सद्भाव समेत गुमेको छ।यहाँ पार्टीहरुमा त के ब्यक्ति ब्यक्तिमा बैमनुष्य्ता छ।नेपालको इतिहासमा देशको यस्तो नाजुक स्थिती कहिले देखापरेको थिएन।हाम्रो आर्थिक स्थिती भताभुङ भएको छ।समाजिक रितिरिवाज र परम्परा समाप्त हुना थालेको छ।धार्मिक सद्भावना हराउन थालेको छ।मुल्री र मान्यता बिलिन हुँदै गएका छन् ।शान्तिप्रीय बुद्ध को स्नेह चकनाचुर भएको छ।मुलुक चारैतिरका कोलाहलको वादलले घेरिएको छ।हत्या,हिंसा र बलात्कारले राष्ट्र छ्ट्पटाएको छ।अहिले मुलुक कम्जोर हालतमा उभिएको छ।देशीविदेशी दलालहरुले मुलुक किनबेचको चाँजोपाँजो मिलाइरहेका छन् ।देशको छाति घोच्ने काम भयो।शासन नातावाद तन्त्रको भयो।लुट कमिशनतन्त्रले देशको अस्तित्व समेत मेटिने अवस्था सृजना हुन थाल्यो।सागरमाथाको देश भ्रष्टहरुको देश भनेर चिनिन थाल्यो।सुशासन हरायो।भ्रष्टहरुको साम्राज्य कायम भयो।जनता भोकभोकै मरिरहेका छन् ।सत्तासिनहरु देश लुटिरहेका छन् ।राष्ट्र थाम्ने खम्बाहरु दिनदिनै ढलिरहेका छन् ।नेताहरू चाँहि कसरी पुनः देश लुट्ने भन्ने मनस्थितिमा मात्र देखिएका छन् ।यहाँ समाजिक आतंक,आर्थिक आतंक ,धार्मिक आतंक ,जातिय आतंक र राजनीतिक आतंक समेत फैलिएका छन् । हामी उभिएको धरातल जबसम्म बलियो हुदैन तब सम्म हामीलाई भुटान जस्तो कम्जोर मुलुक पनि हेप्ने सक्छ । विदेशीहरु मुलुक बनाइदेलान भन्ने कुरा त बच्चालाई चाक्लेट चटाएर भुलाए जस्तो हो।कसैको गुलाम बन्न नरुचाउने नेपालीहरूलाई अरुहरुको गुलाम बन्नु पर्ने स्थितिको सृजना गर्नु हुँदैन ।हामीले आफ्नो गोरेटो आफै खनौँ।हामीले आफ्नो घर भत्काउने काम आफै नगरौँ। राष्ट्रघातीलाई घोकेठ्याक नलगाएसम्म देशको अस्तित्व बच्न सक्दैन । त्यसैले नेपाल र नेपालीको स्वाभिमान र अस्तित्व जोगाउन हाम्रो परम्परा र धर्मलाई अक्षुण्ण राख्दै प्रजातन्त्र नै बिकल्प हो र नेपाली जनतालाई बलियो बनाउनु पर्छ । राष्ट्रियता बँचेमात्र मुलुक रहन सक्छ। अहिले मुलुक ग्रहण लागेको जुनजस्तै छ।