कोरोनाको संक्रमित हुनेमा नेपालीको संख्यामा पनि बृद्वि, हाल सम्म साउदीमा २०९ जनाको मृत्यु

अरशद शेष राई/ साउदी अरेबियाबिगत लामो समय देखि महामारीको रुप लिएको कोरोना भाइरसको कहर दिनै बढ्दै गएको बेला साउदी अरेबियामा कोरोना भाइरसको संक्रमित हुनेमा नेपाली श्रमिको संख्यामा पनि बृद्वि भएको छ । साउदी अरेबियाको शहर जेद्दामा रहेको नेपालको महावाणिज्य दूतावासले प्रेस बिज्ञप्ती जारी गरि पुष्टि गरेको छ कि साउदी अरेबियाको शहर जेद्दा क्षेत्रमा २६ जना नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । जस मध्ये एक जना उपचार पछि निको भएका छन भने बाँकी २५ जनाको साउदी अरेबियाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानएको छ ।कोरोना भाइरसको महामारी दिन दिनै बढ्दै गएपछि साउदी अरेबियाले ठूलो संख्यामा गरिरहेको मनिसको स्क्रिनिंगबाट अधिराज्यभरी नै कोरोना भाइरसको संक्रमितको नयाँ नयाँ बिरामीहरु फेला परिरहेका छन ।साउदी स्वास्थ्य मंत्रालयको अनुसार सऊदी अरेबियाको मक्का, मदीना, रियाद, जेद्दा र दम्माम सबै भन्दा बढी कोरोना प्रभावित क्षेत्र रहेको छ किन भने साउदी अधिराज्यको कुल कोरोनाको ७५ प्रतिशत यिनै क्षेत्रहरुमा पाइएको हो ।सऊदी अरेबियाको स्वास्थ्य मंत्रालयले जनाए अनुसार देशमा कोरोना भाइरसको १,५५२ जना नयाँ कोरोनाको संक्रमित भेटिएका छन । हाल सम्म २०९ जनाको मृत्यू भएके छ भने ५४३१ जना निको भएका छन यस्तै सक्रमित संख्या ३१८१४ भएको हो । नयाँ भेटिएका कोरोना भाइरसको संक्रमितमा १९ प्रतिशत साउदी नागरिक रहेका छन् भने ८१ प्रतिशत बिदेशी नागरिक रहेको स्वास्थ्य मंत्रालयले जनाएको छ । नयाँ भेटिएका संक्रमित मध्ये १६ प्रतिशत महिला, ८४ प्रतिशत पुरुष तथा २ प्रतिशत बृद्वा रहेका छन भने ५ प्रतिशत बालबालिका रहेका छन ।आइतबार दिउँसो सम्म कोरोना भाइरस संक्रमितमा जेद्दा २४५, मक्का २२१, जुबैल १५६, दम्माम १५०, मदीना १३९, बसिह १११ तथा रियाद र सफवा १०९/ १०९ जना गरी संक्रमित भेटिएको जनाएको छ । यसै गरी तइफ़ ६८, अल-खोबार ६६, हूफोफ ५५, दहरान ३२, अल-मजीरिदाह १७, अल-जुल्फी १२ र अल-खराब र अल-बहामा १०/१० जनामा कोरोना संक्रमित भेटिएका छन । त्यसै गरी कुरैत अल-उलिया ७, नर्लाह क़तीफ़ र बिशा ५/५, यानबु ४, बरीदाह र दरियाह ३/३, अल-मांडक २, अधुम, सलवा, अल-बुख़ारियाह, अल-मजमा, राघ, अर रस तथा बलजुरशीमा एक/एक जना संक्रमित भेटिएका जनाएका छन ।बिश्व भरी कोरोना भाइरसले महामारीको लिएपछि साउदी सरकार हरसम्म्भव प्रयास गरेपनि कोरोना भाइरसलाई रोक्न सकेन हाल सम्म कोरोना भाइरस बाट साउदी अरेबियामा २८,६६५ जना संक्रमित रहेका छन जस मध्ये १३९ जना गंभीर रहेका छन तिनीहरुलाई ICU मा राखेर उपचार भइरहेको छ ।



