१४ मंसिर २०८०, बिहीबार

धेरै ब्यक्तिमा सक्रमण देखिएकाले स्वास्थ्य संगठन र मन्त्रालयको विज्ञ टोली नेपालगंजमा,नगर प्रमुख डा.राणा, उप प्रमुख उमा थापा संग छलफलमा

एसीपी संवाददाता

२४ बैशाख २०७७, बुधबार ०८:०६ मा प्रकाशित

कोभिड १९ कोरोना भाईरसको संक्रमण नेपालगंज उपमहानगरपालिका क्षेत्रमा एकै पटक धेरै ब्यक्तिमा सक्रमण देखिएकाले बिश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको विज्ञ प्रतिनिधीको टोलीका अध्ययन गर्न नेपालगंजमा आएको छ । नेपालगंज उपमहानगर पालिकामा सक्रमण फैलिनुको कारण अध्ययन गर्न आएको विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको विज्ञ टोलीले नेपालगंज उपमहानगरपालिका नगर प्रमुख डा.धवल शम्शेर राणा, उप प्रमुख उमा थापा मगर, भेरी अस्पतालका मे. सु. डा.प्रकाश थापा र स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द संग छलफल गरेको छ । विज्ञ अध्ययन टोलिले अव के गर्ने र कसरी जाने भन्ने विषयमा सुझाव समेत दिने जनाएको छ ।

नेपालगंजको वडा नम्बर ८ मा रहेका बस्तीको सबै जनाको स्वाब लिन स्वास्थ्य टोली सक्रिय रहेको छ । यसै बीच नेपालगंजमा कोभिड–१९ का संक्रमित र तिनको सम्पर्कमा आएकाहरू नखुल्दा कन्ट्याक्ट ट्रेसिङ मा जटिलता देखिएको छ ।

संक्रमित पुष्टि भएकासँग परीक्षण नतिजा आउनुअघि सम्पर्क भएका व्यक्तिहरू खुल्न चाहेका छैनन् । यसले संक्रमण फैलिँदै जाने जोखिम रहेको छ । यसै बीच कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि लकडाउन थप्ने तयारी गरेको छ । नेपालमा लकडाउन जेष्ठ ५ गते सम्म लम्बियो । पछिल्लो समय नेपाल कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन जेष्ठ ५ गते सम्म लम्बियो । नेपालगन्ज ७ का पहिलो संक्रमित ६० बर्षिय पुरुषको आफ्नो घरपरिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनै संक्रमितलाई पछ्याउँदै उनको परिवारका सदस्य, उनले पढाएका बालबालिका र सम्पर्कमा आएका ९४ जनाको स्वाव संकलन गरिएकोमा २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । तर आफ्नो परिवारकै सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x