७ कार्तिक २०८१, बुधबार

दलित सम्ुदायलाई चामल वितरण

एसीपी संवाददाता

२४ बैशाख २०७७, बुधबार १२:२३ मा प्रकाशित

कोहलपुर २४ बैशाख । विपन्न दलित समुदायलाई राहत वितरण गरिएको छ । बागेश्वरी ड्राईभिङ्ग ईन्स्टिच्युट कोहलपुर बाँकेले विपन्न घर परिवारलाई राहत वितरण गरिएको हो । कोहलपुर गन्र्धभवस्ती बाँकेमा रहेका ७ घर परिवारलाई राहत स्वरुप बुधवार चामल वितरण गरिएको ड्राईभिङ्ग ईन्स्टिच्युटले जनाईएको छ । बागेश्वरी ड्राईभिङ्ग ईन्स्टिच्युटका सञ्चालक दिल बहादुर बोहराले लगडाउनको बेला विपन्न वर्गलाई मेरो सहयोग केही राहत पुग्ने बताउनुभयो । ड्राईभिङ्ग ईन्स्टिच्युटले सामाजिक कार्य अन्तर्गत सहयोग गरेको जनाएको छ । ड्राईभिङ्ग ईन्स्टिच्युटले विभिन्न कार्यक्रम मार्फत समुदाय तथा व्यक्तिलाई सहयोग गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x