नेविसंघ द्धारा कञ्चनपुरमा रहेका बिद्यार्थीहरुलाइ राहत वितरण


कञ्चनपुरमा रहेका बिद्यार्थीहरुलाइ राहत वितरण गरिएको छ । नेपाल विद्यार्थी संघले बिभिन्न जिल्लाबाट अध्ययन गर्न आएका १५० जना विद्यार्थीहरुलाई ७ किलो चामल, १ किलो दाल, १ प्याकेट तेल, १ र अचार लगायतको खाद्यन्न वितरण गरेको हो । लकडाउन बढदै गएको बेला विद्यार्थीहरुको समस्यालाई ध्यानमा राखि खाद्यन्न वितरण गरिएको बिद्यार्थी नेता अनिल भण्डारी र शेष बिष्टले जानकारी दिएका छन् । नेविसंघका निवर्तमान सह–महामन्त्री अचुत कलौनि, नेपाली कांग्रेसका जिल्ला सदस्य एवम नेविसंघ पुर्व केन्द्रिय सदस्य प्रकाश थापा नेविसंघ कञ्चनपुरका बिद्यार्थी नेताहरु बिक्रम बुढा, शेष बिष्ट, इश्वर जोशी, तिलक चन्द, हिमाल बम, बसन्त पन्त, अनिल भण्डारी पदम साउद, लोकेन्द्र जाग्री, पारस मौलिया, रबिन जोशी, लोकेश सिंह राजेन्द्र महरा, लगायातको सहयोगमा विद्यार्थीहरुलाई राहत वितरण गरिएको हो र छुटेका विद्यार्थीहरुको नाम संकलन गरि दोस्रो चरणमा राहत वितरण गरिने नेविसंघ कञ्चनपुरले जनाएको छ । खाद्यन्न सहयोग गर्नै तिलक चन्द,हिमाल बम, चन्द ,राजेन्द्र महर,पदम साउँद ,अशोक साउँद, बसन्त पन्त, पारस भट्ट,प्रकाश चन्द,लोकेश सिंह ,रबिन जोशी सहितको टोलीले गरेको हो ।