१४ मंसिर २०८०, बिहीबार

नेपालगन्जमा भोलिदेखि ४ घण्टा अत्यावश्यक सामग्री पाइने पसल खोल्न दिइने

एसीपी संवाददाता

२५ बैशाख २०७७, बिहीबार १२:१९ मा प्रकाशित

नेपालगन्जमा भोलिदेखि ४ घण्टा अत्यावश्यक सामग्री पाइने पसल खोल्न दिइने भएको छ । यसअघि जारी गरिएको निषेधित क्षेत्रलाई केही खुकुलो बनाउँदै भोलिदेखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म अत्यावश्यक सामग्री किनमेलका लागि पसलहरु खोल्न दिने निर्णय गरिएको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको बैठकले खाद्यान्न, डेरी, तरकारी लगायत अत्यावश्यक सामग्री पाइने पसल विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो । अन्य समयमा भने हिंड्डुल गर्न नपाइने गरी निषेधित क्षेत्र कायमै रहने प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास बाहेकका सवारी साधन भने सञ्चालन गर्न नपाइने खड्काले बताउनुभयो । कोरोना संक्रमित बढ्दै गएपछि नेपालगञ्जलाई बैशाख २३ गते विहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x