१५ जेष्ठ २०८१, मंगलवार

सिमामा विशेष निगरानीकासाथ विजयनगरले खटायो नगर प्रहरी

एसीपी संवाददाता

२५ बैशाख २०७७, बिहीबार १३:४४ मा प्रकाशित

राम प्रघट कोरीबैशाख २५ –विजयनगरमहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० जना नगर प्रहरी नियुक्ति गरी बिहिवार खटाएको छ । भारतसँग सिमा जोडिएको विजयनगरको टोल टोलमा गएर जनचेतना फैलाउन, सामाजिक दुरी कायम गर्न नगर प्रहरीले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । क्वारेन्टाइन सुरक्षामा १२ जना, खुला सिमामा पैदल निगरानी २१ जना, ठेक्का दिइएको नदीखोलाहरुमा ८ जना र गाउँटोलमा ९ जना गरी ५० जना नगर प्रहरीलाई आगमन रोकथाममा समेत प्रयोग गरिएको छ । गाउँपालिकामा प्रहरी र शसस्त्र प्रहरी पनि सक्रियाताकासाथ परिचालन भएका छन् । अब नगर प्रहरी परिचालन भएपछि गाउँको बस्ती–बस्तीमा पुग्न सहज हुने गाँउपालिकाले अपेक्षा गरेको छ । गाउँपालिका भारतको खुल्ला सिमासँग जोडिएकाले आवतजावत पनि निरुत्साहित बताइएको छ ।नगर प्रहरीमा भर्ना गरिएका व्यक्ति स्थानीय भएको हँुदा समुदायको तल्लो तहसम्म पुगेर काम गर्ने तयारीकोसाथ परिचालन गरिएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । उहाँले नगर प्रहरी तत्काल एक महिनाको लागि काम गर्ने बताउनु भयो । लकडाउन लम्बियो भने कामको मुल्याकन हेरी थप गर्न सकिने छ । कोरोना संक्रमणको जोखिम कम भएपछि अन्य काममा पनि विस्तार गर्न सकिने अध्यक्ष थापाले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x