७ कार्तिक २०८१, बुधबार

साउदीको मदिनामा ३९६ जना अधिराज्य भरीबाट एकै दिन १७९३ जना कोरोना संक्रमित , हाल सम्म २१९ जनाको मृत्यु

एसीपी संवाददाता

२६ बैशाख २०७७, शुक्रबार ०५:१९ मा प्रकाशित

अरशद शेष राई / साउदी अरेबिया ।चीनको बुहान शहरबाट शुरु भई बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण बिश्वजगत नै आतंकित भएको बेला साउदी अरेबियामा पनि कोरोना भाइरसको नयाँ संक्रमितहरु भेटिनुका साथ साथै मृत्यु हुनेको संख्यामा पनि दिन दिनै वृद्धि हुँदै गएको छ । बिगत लामो समय देखि बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण साउदी अरेबियाको शहर मदिनामा पनि एकै दिन ३९६ जना गरि अधिराज्य भरीबाट नै १७९३ जनामा नयाँ कोरोना भाइरसको संक्रमित भेटिएका छन भने १,०१५ जना नयाँ कोरोना भाइरसका संक्रमितहरु उपचारपछि निको भएको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ । साउदी अरेबियामा दिन दिनै कोरोना भाइरसको महामारी बढ्दै गएपछि साउदी सरकारले ठूलो संख्यामा स्क्रिनिङ गरिएपछि साउदी अधिराज्यभरीबाट नै कोरोना भाइरसको संक्रमितहरुको नयाँ नयाँ बिरामीहरु फेला परिरहेका छन् ।

लामो समय देखि बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण साउदी अरेबियाको शहर मदिनामा पनि एकै दिन ३९६ जना गरि अधिराज्य भरीबाट नै १७९३ जनामा नयाँ कोरोना भाइरसको संक्रमित भेटिएका छन भने १,०१५ जना नयाँ कोरोना भाइरसका संक्रमितहरु उपचारपछि निको भएको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ

साउदी अरेबियामा बिहीबार भेटिएका नयाँ कोरोना भाइरस संक्रमित हुनेहरुमा रियाद १९४, मक्का २५४, जेद्दा ३१५, मदिना ३९६, हूफोफ ४०, अल जुबैल ४८, अल खोबार १२०, रास तन्नुराह २०, यानबु अल बद्दर ३२, ताइफ ३६, कातिफ ४०, उनेज्रा १०, बादीकर १३, ताबुक १४, साबिया १६ जना रहेका छन । त्यसै गरी हफर अल बातिनी ६, हदबान ८, दरीड्बुबह १०, करयात ४, सलवाह ४, खरज ५, अल एस ५, अलमजीरिदह २, बकीक २, खमीश मशायत २, बुरैदा ३, अल जफर १, रफहा २, सफवा २, जहराइन २, हदा, रबगी, अल बकीरीमवह, अल दरब, अल मुजीमअह तथा दाइरमा एक /एक जना संक्रमित भेटिएका स्वास्थ्य मंत्रालयले जनाएको छ ।साउदी अरेबियामा बिहिवार राती सम्म कोरोना भाइरसको संक्रमित हुनेको संख्या ३३,७३१ जना पुगेका छन भने मृत्यु हुनेको संख्या २१९ पुगेको छ । हाल सम्म साउदी अरेबियामा कोरोना भाइरसको संक्रमितबाट उपचारपछि निको हुनेको संख्या ७,७९८ रहेको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।कोरोना भाइरसको जोखिम न्यूनीकरण कम गर्नका लागि साउदी सरकारले बिगत लामो समय देखि मदिना शहरमा लगाउदै आएको २४ औ घन्टा कर्फ्युलाई पनि मुस्लिम धर्मवालम्बीहरुको पबित्र महिना रमजान शुरु भएपछि त्यसलाई मध्य नजर गर्दै साँझ साढे पाँच बजे देखि बिहान नौ बजे सम्मका लागि कर्फ्युको समय कायम गर्दै लामो समय देखि बन्द रहेको पसलहरु पनि खोलिन अनुमति दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x