१७ कार्तिक २०८१, शनिबार

कोरोना भाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले गर्ने अनुसन्धानमा चीनले सघाउने प्रतिबद्धता

एसीपी संवाददाता

२६ बैशाख २०७७, शुक्रबार ०५:५३ मा प्रकाशित

कोरोना भाइरस(कोभिड–१९) को उत्पत्तिबारे विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले गर्ने अनुसन्धानमा चीनले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । चीनले कोरोना भाइरसको उत्पत्तिबारे गरिने वैज्ञानिक अनुसन्धानमा डब्लूएचओलाई पूर्ण साथ र सहयोग गर्ने बताएको छ । तर यसलाई राजनीतिकरण गर्न नहुने कुरा पनि चीनले दोहोऱ्याएको छ ।अमेरिकाले कोरोना भाइरसको उत्पत्तिबारे चीनले पारदर्शी ढंगले सूचना नदिएको आरोप लगाउँदै आएको छ । तर चीनले अमेरिकी आरोपको लगातार खण्डन गर्दै आएको छ ।

फाइल / तस्बीर

चिनियाँ विदेश मन्त्रालयका एक जना प्रवक्ताले त कोरोना भाइरसको उत्पत्ति चीनबाहिर भएको समेत दाबी गरेका थिए । अमेरिकाले एउटा झुट लुकाउन अर्को झुट बोलेको उनको आरोप थियो ।बुधबार डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ डाक्टर मारिया भान केर्खोवले कोरोना भाइरस संक्रमण कुन जनावरबाट सुरु भयो भन्नेबारेमा अनुसन्धान गर्न चीनसँग कुरा भइरहेको बताएकी थिइन् । बिहीबार बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले अमेरिकाले गैरजिम्मेवार र झुटो आरोप लगाएको उल्लेख गर्दैै भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओलाई ‘उपयुक्त समय’ मा सहयोग गर्न चीन सहमत भएको बताइन् । उनले अमेरिकाले यसलाई राजनीतिकरण गर्दै अनुसन्धान गर्न अन्तर्राष्ट्रिय दबाब दिइरहेको पनि आरोप लगाइन् ।

फाइल / तस्बीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको प्रयोगशालामा तयार भएको हुन सक्ने भन्दै यसको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउँदै आएका छन् । साथै उनले यो महामारी अमेरिकाका लागि पर्ल हार्बरमा गरिएको आक्रमणभन्दा पनि ठूलो भएको बताएका छन् । चीनले चाहेको भए महामारी चीनमै मात्र सीमित हुने पनि उनले दाबी गरेका छन् । तर अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप अमेरिकाका गुप्तचर निकायले नै खण्डन हुने गरी बयान दिएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुका अनुसार कोरोना भाइरस प्रयोगशालामा तयार पारिएको हो भन्ने कुनै प्रमाण फेला परेको छैन ।सभार इ कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x