७ कार्तिक २०८१, बुधबार

कपिलवस्तुका कोरोना संक्रमित दुुईजना लकडाउनकै बीच भारतको मुम्बईबाट चार दिनअघि नेपाल प्रवेश गरेको पुष्टि

एसीपी संवाददाता

२६ बैशाख २०७७, शुक्रबार ०६:०४ मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुका कोरोना संक्रमित दुुईजना लकडाउनकै बीच भारतको मुम्बईबाट चार दिनअघि नेपाल प्रवेश गरेको पुष्टि भएको छ ।

कपिलवस्तुुको मायादेवी गाउँपालिका ८ विजुवाका १६ र २२ वर्षका उनीहरुका वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले बताए ।

लुकिछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए । दुई जनाकै थ्रोट स्वाबको परीक्षण भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।अन्य चारजना युवाहरू पनि उनीहरु सँगै आएको सूचना आएको र खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरी प्रमुख जबराले बताए ।अहिले नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x