७ कार्तिक २०८१, बुधबार

नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण, अव २० वटा रिपोर्ट परीक्षण हुन बाँकी

एसीपी संवाददाता

२६ बैशाख २०७७, शुक्रबार ११:३८ मा प्रकाशित

नेपालगन्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालगन्जमा मात्र कोरोना संक्रमितको संख्या २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज आफ्नो नियमित कोरोना अपडेट व्रिफिङमा नेपालगन्जका १६ बर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । यसअघि ७ बर्षिया बालिका र १५ बर्षिय बालकमा कोरोना संक्रमण देखिएको थियो । बाँकेमा १५० संकलित थ्रोट स्वाबमध्ये १ सय ३६ जनाको परीक्षण गर्दा एकजनामा कोरोना संक्रमण देखिएको हो । अव २० वटा रिपोर्ट परीक्षण हुन बाँकी छ । भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाका अनुसार, अहिले ६ जनाको स्वाब परीक्षण भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पतालको पिसिआर परीक्षणमा एकजनामा कोरोना देखिएको हो। नेपालगन्जमा कोरोना संक्रमित थपिएसँगै अव नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ । ति मध्ये ३० जना उपचारपछि निको भएर घर फर्किएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x