१२ मंसिर २०८०, मंगलवार
स्वाब संकलन गर्ने भिटिएम र पिसिआर परिक्षण किट आउँदा स्वास्थ्य टोलिको सक्रियता


नेपालगन्जमा तत्काललाई भिटिएम र किटको अभाव टरेको छ । १ हजार थान स्वाब संकलन गर्ने भिटिएम र दुई हजार थान पिसिआर परिक्षण किट नेपालगन्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
संक्रमित क्षेत्रमा परिक्षणको दायरा बढाउन स्वास्थ्य मन्त्रालयले नेपाली सेनाको स्काई ट्रकबाट ती सामग्री नेपालगन्ज ल्याएको हो । नेपाली सेनाको मेडिकल टिम र स्वाब संकलन टोली पनि नेपालगन्ज आएको छ।
यो संगै बाँकेमा स्वाब संकलन कार्यलाई आजदेखि फेरि तीब्र पारिएको छ। नेपालगन्जमा एक साताको अवधिमा एकै टोलका २३ सहित २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
Subscribe
Login
0 Comments