१७ कार्तिक २०८१, शनिबार

नेपाली प्रहरी माथि चिनियाँ नागरिकहरुको हातपात

एसीपी संवाददाता

२७ बैशाख २०७७, शनिबार ११:५३ मा प्रकाशित

नेपाली प्रहरी माथि चिनियाँ नागरिकहरुको हातपात र दादागिरी हेरेर नेपाली जनता दंग परेका छन् ।

https://www.youtube.com/watch?v=dksG_uq2KlI

हातपातको घटना हेर्दा जम्मा थोरै चिनीया नागरिक जसरी नेपाल प्रहरीहरु लाई तानी तानी वाकिटाकी, वर्दि तान्ने काम गरे त्यो अति नै अशोभनिय हो । चिनियाँ दूतावासले पनि लापरवाही गरेको हो । जम्मा २० जनाको हाराहरीमा रहेका लाई दुतावासले स्यंम किन ब्यस्थापन गरेना चिनीयाँ नागरिक को हुन कहाँ बसेका हुन कहिले आए उनीहरु संग खाने बस्ने रकम छ छैन ईत्यादी कुराहरु । सिंह दरबार गेट आगाडी यसरी धर्ना दिनु नै गलत हो त्यस माथी पनि चिनियाँ नागरिकहरुको घटिया ब्यवहारले मार्यादा माथी नै प्रश्न खडा गरेको छ । यो घटना पछि मात्र चिनीयाँ दुतावासले आफना् नागरिकहरुलाई अनावश्यक बाहिर ननिस्किन र अन्तर्रा्ष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क बस्न आग्रहसमेत गरेको हो के यहि तरिका हो जुन देशमा छौ त्यहाँको कानुन न मान्ने उल्टै नेपाल प्रहरी माथी नै हात पात गर्ने दादा गिरी देखाउने आन्दोलन गर्ने । आन्दोलनको बहानामा प्रहरीमाथी हातपात गर्ने । कानुन अनुसार जो सुकैलाई पनि दण्ड दिने छ । धर्ना दिनु नै थियो भने आफनै चिनियाँ दुतावास आगाडी गरे हुन्थ्यो । सो सन्दर्भमा प्रेस नोट जारी गर्दै दूतावासले संविधान, नेपाल प्रहरी र दूतावासको सहकार्यमा पूर्णरुपमा घटनालाई सुल्झाइएको जनाएको छ, तर कसरी भन्ने उल्लेख छैन । कोरोना महामारीको कठिन अवस्थामा नेपाल र चीनले एकअर्कालाई राम्रोसँग बुझ्ने र लकडाउनको कारण उत्पन्न हुने विभिन्न घटनाहरुलाई संयुक्तरुपमा समाधान गर्ने प्रेस नोटमा उल्लेख छ । चिनियाँ दूतावासका अनुसार यसअघि चिनियाँ दूतावासले नेपाल सरकारसँग सहकार्य गरेर ३४० जनालाई चीन फिर्ता लगेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x