१४ मंसिर २०८०, बिहीबार

विजयनगरमा लुकीछिपी आएका ९८ जनालाई क्वारेन्टाइन

एसीपी संवाददाता

२८ बैशाख २०७७, आईतवार ०३:०० मा प्रकाशित

बैशाख २७ – विजयनगरकपिलवस्तुको विजयगर गाउँपालिकामा लुकीछिपी आएका ९८ जना नागरिकलाई शनिवार क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबै भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायतको विभिन्न ठाउँबाट लुकीछिपी आएका हुन् । उनीहरुलाई ५ वटा क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ । विदेश र गाउँपालिका बाहिरबाट आएका सबैलाई उचित व्यवस्थापनसँगै तत्कालै क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ । यसरी लुकीछिपी आउने गरेकोले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने थापाले बताउनुभयो । हाल विजयनगरको क्वारेन्टाइनमा जम्मा १ सय ६३ जना रहेका छन् । जसमध्ये ३२ जना महिला रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x