साउदीको ग्रैंड मस्जिदमा लगाइयो हाई टेक सेनेटाइजेशन गेट, छिट्टै शुरू हुनेछ मस्जिदमा इबादत


अरशद शेष राई साउदी – अरेबियाकोरोना भाइरसको महामारीको कारण बिगत लामो समय देखि बन्द रहेको देशको दुई पबित्र धार्मिक स्थललाई साउदी अरेबियाले कोरोना भाइरस महामारीको बीच खोलिने फैसला गरिने भएको छ ।साउदी अरेबियाले देशको दुई पबित्र धार्मिक स्थल मक्का मदिनामा रहेको दुई पबित्र मस्जिदहरुलाई हाई टेक सुरक्षाले लैस गर्ने भएका हुन ।साउदी अरेबियाले देशमा रहेको इस्लाम धर्मावलम्बीहरुको दुई पबित्र धार्मिक स्थल मक्का शहरमा अवस्थित मस्जिदे हराम मक्का मुर्करमा काबा शरीफ र मदिना शहरमा रहेको मस्जिदे नब्वीमा इबादत गर्न आउनेहरुका लागि कोरोना भाइरसबाट बचाँउन कीटाणुशोधन हाई टेक सेनेटाइजेशन गेट इनस्ट्ल गरिएको हो ।कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै मक्का शहरमा रहेको ग्रैंड मस्जिद अर्थात मस्जिदे हराम खांने काँबा तथा मदिना शहरमा रहेको इस्लाम धर्मका प्रबक्ता हजरत मोहमम्द स.अलैहे वसल्लमको रौंजा मुबारक रहेको मस्जिद ए नब्वीमा इबादत गर्न आउने मानिसहरुलाई मस्जिदमा प्रबेश गर्नु भन्दा अगाडी किटाणुरहित गर्नको लागि अत्याधुनिक किटाणु शोधन गेट स्थापित गरेका छन ।कोरोना भाइरसको महामारीको प्रसारलाई रोक्नका लागि स्मार्ट गेट्स पबित्र धार्मिक स्थलको मस्जिदहरुमा प्रबेश गर्ने ब्याक्तीहरु माथि एउटा स्टरलाइज़िंग पदार्थ छर्कने काम गर्ने छ । जानकारी अनुसार नयाँ ढोकाहरुमा थर्मल क्यामरा रहेको छ जुन ६ मिटरको दुरीमा रहेको मनिसहरुको तापमान पत्ता लगाउन सक्छ जसमा स्मार्ट स्क्रिन एक सिकेन्डमा एउटै समयमा एक भन्दा बढी मानिसहरुको तापमानलाई प्रदर्शित गर्ने बताएको छ ।कोरोना भाइरसको महामारीको कारण साउदी सरकारले कोरोना भाइरसको प्रसारलाई रोक्न तथा थप फैलिन नदिनका लागि धेरै समय अगाडि देखि नै आम जनतालाई रमजानको नमाज पढ्नको लागि मस्जिदहरुमा प्रवेश गर्नमा रोक लगाएको छ । तर जानकारी अनुसार साउदी अरेबियाले छिटै मस्जिदहरुलाई पुन खोल्नको लागि बिचार गरि रहेको छ ।