२२ फाल्गुन २०८२, शुक्रबार

गाउँपालिकाका सम्पर्क बिहिन आफै पुगे गाँउ गाउँ मन्त्री रावल

एसीपी संवाददाता

२९ बैशाख २०७७, सोमबार ०४:३१ मा प्रकाशित

जयपती ढकाल २८ हुम्ला । कुनै पनि गाँउपालिकाका अध्यक्ष सँग बिना सम्पर्क नै सामाजिक बिकास मन्त्री विभिन्न गाँउपालिका हेलिकप्टर द््ारा सुर्खेत देखि कोरोना भाइरस सम्बन्धित स्वास्थ्य सामाग्री सहित हुम्ला पुगेका छन ।हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाका लागी कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल माउण्टेन हेलिकप्टरबाट आईतबार जिल्ला पुगेका छन् ।जिल्लामा पछिल्लो समय किट र स्वास्थ्यकर्मीको अभाव भएकालको बेला आजै सामाजिक बिकास मन्त्री रावल सहित विशेषज्ञ डाक्टरको टोली र स्वास्थ्य सामग्री लिएर तल्लो क्षेत्रका ताजाकोट हुँदै क्रमश अदानचुलि, सर्केगाड र चंखेली गाउँपालिकामा आजै पुगेका हुन।कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला हुम्लामा क्वारेन्टाईनमा रहदै आएका नागरिकहरुको कोरोना संक्रमण परिक्षणका लागि सुर्खेतबाट स्वास्थ्यकर्मी सहित केही उपकरण पनि लिएर गएको थियो । कोरोना संक्रमणको लक्षण परिक्षणका लागि किटहरु नभएको बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्यकर्मी र किटहरु लिएर गएको सामाजिक बिकास मन्त्रीका सल्लाहकार पुर्ण रावलले बताए । चार गाउँपालिकामा नेपालगंज सुर्खेत र छिमेकी मुलुक भारतबाट उद्धार ५ सय २० जना क्वारेन्टाईनमा रहदै आएका छन् ।

जस मध्य ताँजाकोटमा धेरै बिद्यार्थीहरु गाउँपालिकामा भित्रिय पनि क्वारेनटाईनमा भने ५ जनालाई मात्र राखेको छ सर्केगाडमा पछिल्लो समय ११ जना भारतबाट आए पनि १६ जनालाई मात्र क्वारेनटाईनमा राखेको गांउपालिका वासी जानकारी गराउछ्न ।अदानचुलीमा २ सय ५ जना,चंखेलीमा २ सय ९४ जनालाई क्वारेन्टाइनमा रहेका छन् । यी सबैलाई चेक जाँच गर्नका लागी प्रदेश सरकारले ८० वटा मात्र किट मात्रै लिएको रावलले बताए ।जसमा चंखेली र अदालनचुली गाउँ पालिकालाई ३०।३० र सर्केगाड र ताँजाकोट गाउँ पालिकालाई १०।१० वटा गरी ८० वटा आरडिटी किट पठाएको स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक रिता भण्डारीले बताएकी छन् ।

एक पालीकामा एक जना विशेषज्ञ डाक्टर सहित दुइजना गरि ८ जना स्वास्थ्यकर्मी र आवश्य स्वास्थ्य सामाग्री आजै मुख्य मन्त्री र सामाजिक विकास मन्त्रि दल रावलले जिल्लाको तल्लो बेल्टका ४ वटा गाउँ पालिकामा पुर्याएका थिए । त्यसै गरि माथिल्लो तीन वटा गाउँपालिकाकलागि हवाई जहाजबाट पिसिआर किट पठाएर कोरोना संक्रमणको नमूना परिक्षण गरिने मन्त्री रावलले बताउनुभयो ।सो गाउँपालिकामा ३८९ जना क्वारेन्टाईनमा रहदै आएका छन् ।

हुम्ला हाल कुनै पनि गाउँपालिकामा कोरोना संक्रमणका टिकहरु छैनन् । कोरोना संक्रमणका किटको अभाब भएपछि जिल्लाबाट त्यसको मागका लागि प्रदेश सरकारलाई ठुलो दबाब पर्दै आए पछि जिल्लाका ४ वटा गाउँपालिकामा सामाजीक बिकास मन्त्री दल रावल पुगे । मन्त्री रावलले भने फोन सम्पर्क नहुँदा समस्या भएको प्रतिकृया दिएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x