१४ मंसिर २०८०, बिहीबार

लकडाउनमा ढिलाई गरेपछि दिन दिनै संक्रमित बढ्दै,मक्कामा ४३८ जना गरि एकै दिन १,९१२ जना कोरोना संक्रमित भेटिए, २४६ जनाको मृत्यु

एसीपी संवाददाता

२९ बैशाख २०७७, सोमबार ०४:१२ मा प्रकाशित

अरशद शेष राई – साउदी अरेबिया । बिश्वभरी फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ नामक महामारीले बिगत लामो समय देखि विश्वजगतलाई नै आफ्नो महामारीको रौबका कारण त्रसित बनाएको छ ।चीनको बुहान शहरबाट शुरु भई हाल बिश्वको विभिन्न देशहरुमा फैलिसकेको कोरोना भाइरस अर्थात कोभिड १९ नामक महामारीले विश्व जगत नै त्रसित बनेको हो । कोरोना भाइरस अर्थात कोभिड १९ नामक महामारीका कारण बिश्वजगत नै त्रसित बनेको बेला खाडी मुलुक साउदी अरेबिया पनि यसबाट अछुतो रहेन ।चीनको बुहान शहरबाट कोरोना भाइरसको महामारी फैलिन शुरु हुदैं गर्दा साउदी सरकारले कोरोना भाइरस अर्थात कोभिड १९ नामक महामारीलाई आफ्नो देशमा फैलिन नदिनका लागि हर सम्भब प्रयास गरेपनि साउदी अरेबियालाई यस महामारीबाट अछुतो राख्न सकेनन ।कोरोना भाइरसको महामारी फैलिएपछि साउदी सरकारले कोरोना भाइरस कोभिड १९ नामक महामारीलाई रोक्न तथा थप फैलिन नदिनका भिड्भाड हुने पसलहरु बन्द गरि पुरै देश नै लकडाउन गरेपछि केही हद सम्म कोरोना भाइसका महामारीको संक्रमितहरु कम मात्रमा देखा परेका थिए ।तर मुस्लिम धर्मवालम्बीहरुको पबित्र महिना रमजान शुरु भएपछि साउदी सरकारले अधिराज्यभरी नै बन्द गरेको पसलहरु पुन संचालानमा ल्याई लकडाउनमा ढिलाई दिएपछि कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनप्रति दिन बढ्नुको साथै मृत्यु हुनेको संख्यामा पनि दिन प्रतिदिन वृद्धि हुँदै गएको देखिएको छ साउदी अरेबियामा आइतबार नयाँ १,९१२ जना कोरोनो भाइरसको संक्रमितहरु भेटिएको साउदी स्वास्थ्य मंत्रालयले घोषणा गरेको छ । जसमा मक्का ४३८, जेद्दा ३७४, रियाद ३६३, मदीना २८४ र दम्मम १०४ गरी विभिन्न ठाउँबाट संक्रमितहरु भेटिएको मंत्रालयले जनाएको छ ।कोरोना संक्रमणबाट साउदी अधिराज्यभरीबाट एक दिनमा रिकबर गर्ने बिरामीको संख्या १,३१३ रहेको छ भने साउदी अधिराज्यभरीबाट जम्मा कोरोना संक्रमितको संख्या ३९,०४८ रहेको छ । जबकि रिकवर गर्नेको जम्मा संख्या ११,४५७ रहेको छ । हाल सम्म कोरोना भाइरसको महामारीबाट साउदी अरेबियामा २४६ जनाको ज्यान गइसकेको छ ।कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि साउदी सरकारले बिगत लामो समय देखि देशको विभिन्न ठाउँमा लगाउदै आएको २४ औ घन्टा कर्फ्युलाई पनि मुस्लिम धर्मवालम्बीहरुको पबित्र महिना रमजान शुरु भएपछि त्यसलाई मध्य नजर गर्दै साँझ साढे पाँच बजे देखि बिहान नौ बजे सम्मका लागि कर्फ्यु लगाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x