२३ कार्तिक २०८२, शनिबार

पश्चिम् नवलपरासीमा लागू औषध सहित दुई जना पक्राउ

एसीपी संवाददाता

२९ बैशाख २०७७, सोमबार ०६:२४ मा प्रकाशित

उर्मिला यादव सुनवल /
पश्चिम् नवलपरासीमा लागू औषध सहित दुई जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा बर्दघाट नगर पालिका वडा नम्बर ६ बस्ने २८ बर्षिय बिजय चौधरी र सोही स्थानका २५ बर्षिय सुनिल चौधरी रहेका छ्न। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार प्रतापुर गाउपालिका ५ बसहिया स्थित प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा दक्षिण बाट उत्तर तर्फ आउदै गरेका बिजय चौधरी प्रहरीलाई देखि पैदल भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन ।उनको साथबाट प्रहरीले ओनेरेक्स सिरफ १ सय मि .लिको ४बोटल , नाइट्राेभेट ५ फाइल ,प्रती फाइल १५ चक्कि , र स्पास्मो ५४ फाइल प्रती फाइल ८ क्याप्सुल, लागू औषध फेला परेको प्रहरीले जनाएको छ । यस्तै गरि बिजय चौधरी संग सम्पर्कमा आएका सुनिल चौधरी पनि लाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको तथा उत्त कार्यमा सन्लग्न अन्य ब्यक्तिको पहिचान तथा खोजतलास कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x