१७ मंसिर २०८०, आईतवार

भेरी अस्पतालमा जाँच गरिएको ६५ वटा स्याम्पल नेगेटिभ,१४ वटाको रिपोर्ट आउन बाँकी

एसीपी संवाददाता

२९ बैशाख २०७७, सोमबार ०४:५८ मा प्रकाशित

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा जाँच गरिएको ६५ वटा स्याम्पल नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयले संकलन गरेको ६१ र मेडिकल कलेजले चार वटा स्याम्पलको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, २७ गते संकलन गरिएको ७५ मध्येमा ६१ वटाको रिपोर्ट आएको हो ।

अरु १४ वटाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यही दिन नेपालगञ्जको टाँगा स्टेशनबाट एक सय ६२ जनाको स्याम्पल संकलन गरेर काठमाडौं पठाइएको थियो । नेपालगञ्जमा आज जयसपुरमा स्याम्पल संकलन गर्ने तयारी भएको छ । हिजो नै त्यहाँ स्याम्पल संकलन गर्ने तयारी भएको थियो । तर, हावाहुरीका कारण रोकिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x