सोमबार सम्म १०८ जनाको स्वाब संकलन / काठमान्डौं पठाइएको १६२ जनाको रिपोर्ट आउन बाँकी


आज १ सय ८ वटा स्वाब संकलन भएको छ ।
पिसिआर विधिबाट परिक्षण गर्नका लागि जयसपुर, खजुरा, भेरी अस्पताल र आर्मी अस्पतालबाट ती स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जयसपुरबाट ८२, खजुरा प्राथमिक स्वास्थ्य केन्द्र १४ तथा भेरी र आर्मी अस्पतालबाट ६/६ वटा स्वाब संकलन गरिएको हो । त्यस्तै आज आरडिटी विधिबाट परिक्षण गरिएका ४ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले जानकारी दिनुभयो । यसअघि टाँगा स्टेशन क्षेत्रबाट संकलित १ सय ६२, एक्लैनीको जामा मस्जिद वरपरका १४ र कोहलपुरका ३० स्वाबको रिपोर्ट आउन बाँकि छ । १ सय ६२ स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमण्डौ र अन्यको भेरी अस्पताल नेपालगन्जमा परिक्षण भइरहेको छ । काठमान्डौं पठाइएको १६२ स्वाबको परीक्षण रिपोर्ट आउन बाँकी छ । तर पछिल्लो पटक संकलित ७५ स्वाबको भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा ६१ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस नभएको आएको छ । चारजनाको आउन बाँकी छ । बाँकेका विभिन्न ठाउँबाट संकलन गरिएको करिव तीन सय स्वाबको रिपोर्ट आउन बाँकी छ । काठमान्डौं पठाइएको १६२, कोहलपुरबाट संकलित ३४ र जयसपुर र खजुराबाट आज संकलित करिव एक सय, अस्ति नेपालगन्जबाट संकलित ७५ मध्ये ४ जनाको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी छ ।