१२ मंसिर २०८०, मंगलवार

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १३४ पुष्टि

एसीपी संवाददाता

२९ बैशाख २०७७, सोमबार १४:०९ मा प्रकाशित

नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १३४ , कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ। यीसँगै आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्। मन्त्रालयका अनुसार यी सबैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा परीक्षण गरिएकाे हाे। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ। सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १३४ पुगेको हो । कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x