१५ जेष्ठ २०८१, मंगलवार

बाँकेको नरैनापुर गाँउपालिकालाई रेडजोन क्षेत्र घोषित, बाँके मात्रै ८१ जना कोरोना संक्रमित एकको मृत्यू

एसीपी संवाददाता

५ जेष्ठ २०७७, सोमबार १५:१५ मा प्रकाशित

सोमबार ४७ जना नयाँ कोरोना सङ्क्रमित भेटिएको बाँकेको नरैनापुर गाउँपालिका सील गरिएको छ । राप्ती पुलदेखिनै सिल गरिएको भन्दै लकडाउनको पालना गरि घरबाहिर ननिस्कन आग्रह गर्नुभयो ।

भेरी अस्पताल स्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् । यसरी नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको छ ।

यसअघि सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका मध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेको नरैनापुर गाँउ पालिकामा एक जना गरी २ जनाको मृत्यु भएको छ । अहिले बाँकेको नरैनापुरको अवस्था तनाव भएको स्थानियहरुले बताएका छन् । संक्रमित ब्यक्तिहरुलाई कहाँ राख्ने भन्ने बारेमा समेत तनाव उत्पन्न भएको छ ।

कुल संक्रमितको संख्या मृतक सहित ८१ भएको छ । सोमबार भेरी अस्पतालको प्रयोगशालामा परिक्षणमा ४६ पुरुष र एक महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नरैनापुरमा क्वारेन्टाइनमा बसेका २६३ जनाको स्वाब संकलन गरि भेरिमा परिक्षण हुदैछ । ती मध्य केहिको परिक्षण जारी छ । आईतबार क्वारेन्टाईनमा निधन भएका २५ बर्षिय युवामा समेतकोरोना संक्रमण देखिएको छ 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x