प्रमुख विपक्षी कांग्रेसले लिपुलेक ,लकडाउन लगाएत बिषयमा अवधारणा सार्वजनिक
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लिपुलेक ,लकडाउन लगाएत विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गर्दे आफ्नो अवधारणा सार्वजनिक गरेको छ । कोभिड १९ कोरोना महामारीको त्रास देशमा भइरहेको बेला प्रधानमन्त्री के.पी शर्मा ओलि आफ्नो सत्ता बचाउने खेलमा लगी पर्नु भएको थियो । वहाँलाई न नेपाली जनताको माया छ न त बिदेश फसेका नेपालीहरु मया छ वहाँ मात्र आफ्नो कुर्सी कसरी जोगाउने चलखेलमा लगी रहनु भयो । विदेशमा अप्ठ्यारामा परेका श्रमिक, पढाइ बन्द भएर बसेका विद्यार्थी, तीर्थयात्रा बन्द भएर अलपत्र परेका नागरिक, आफन्त भेट्न जाँदा रोकिएका नागरिकलाई सरकारले उद्धार गर्नुपर्ने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बुधबारमा गरेको पत्रकार सम्मेलन बताउनु भयो । साथै लिपुलेकको त्रिपक्षिय तरिकाले भारत र चिन संग वार्ता गरेर समाधान गर्न समेत आग्रह गर्नु भयो ।



