२१ बैशाख २०८३, सोमबार
बाँकेको खजुरा गाउँपालिका ४ का ३८ र ७ का ३० र १५ वर्षीय पुरुषमा संक्रमण पुष्टि

बाँकेमा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ र ७ का ३० र १५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।
यो संगै बाँकेमा संक्रमितको संख्या २ सय ७० पुगेको छ । ५० जना निको भएर घर फर्किँदा १ जनाको मृत्यु भैसकेको छ । आज मात्रै दाङबाट नरैनापुरका ५ जना निको भएर घर फर्केका छन् ।
भेरी अस्पतालका अनुसार आज गरिएको परिक्षणमा रोल्पाका २ र बर्दियाका १ जनामा पनि संक्रमण देखिएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ का २० र २७ वर्षीय पुरुष तथा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
Subscribe
Login
0 Comments



