१२ मंसिर २०८०, मंगलवार
कोहलपुरमा एम्बुलेन्स खोलामा खस्दा ६ जना घाइते


बाँकेको कोहलपुरमा एम्बुलेन्स खोलामा खस्दा ६ जना घाइते भएका छन् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट चार दिने सुत्केरी बोकेर गइरहेको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स आज कोहलपुर नगरपालिकाको वडा नम्बर १२ स्थित रोहिणी खोलामा खसेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स सडकदेखि झण्डै सय मिटर तल खोलामा खसेको हो । एम्बुलेन्समा सवार चार दिने सुत्केरी प्रमिला परियार, चार दिने छोरी, प्रमिलाका श्रीमान, सासु, एम्बुलेन्स चालक र एम्बुलेन्स मालिक गरी ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
घाइतेहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
Subscribe
Login
0 Comments