७ कार्तिक २०८१, बुधबार

फर्जी प्रेस पास र प्रेस लेखिएको ज्याकेट प्रयोग न गर्न सुझाव सहितको प्रेस बिज्ञप्ती जारी

एसीपी संवाददाता

३१ बैशाख २०७७, बुधबार १३:५५ मा प्रकाशित

केहि दिनयता बाँके जिल्लामा व्यवसायिक पत्रकारहरुलाई बदनाम गराउने गरी भएका बिभिन्न गतिबिधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बिश्वव्यापी कोराना भाईरस (कोभिड १९) महामारीका कारण अन्य क्षेत्रजस्तै सञ्चार क्षेत्र र पत्रकारहरुलाई पनि समस्या भएको छ । सकटका समयमा सञ्चार क्षेत्रको बदनाम गराउने गरी फर्जी प्रेस पास र प्रेस लेखिएको ज्याकेट प्रयोग भइरहेको जनगुनासो व्यापक छ । प्रेसको दुरुपयोग नगर्न र आचारसंहितमा रहेर काम गर्न महासंघ बाँकेले पटकपटक आग्रह गर्दै आएको छ । तसर्थ संकटको समयमा प्रेसको दुरुपयोग गर्ने गलत हर्कतलाई रोक्नका लागि स्थानीय प्रशासनको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छाँै । फर्जी प्रेस पास बोक्ने र गैर पत्रकारले प्रेस ज्याकेट प्रयोग कर्ताहरुलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै आगामि दिनमा सञ्चारकर्मीहरुलाई आफुले प्रयोग गर्ने सवारी साधनमा प्रेस नलेखी सम्वन्धीत मिडियाको नाम लेख्न आग्रह गर्दछौ ।
कोरोना महामारीको समाचार संकलनमा जोखिम मोलेर काम गरिरहेका श्रमजिबि पत्रकारहरुले पारिश्रमीक नपाएको गुनासो सुनिन आएकाले कुनै पनि बहानामा पत्रकारको पारिश्रमिक नरोक्न र बेतलबि बिदामासमेत नराख्न आग्रह गर्दछौ । कोरोनाको महामारीका कारण समस्यामा परेका पत्रकारहरुलाई नेपाल पत्रकार महाँसघ बाँकेले स्वाथ्य सुरक्षा सामाग्री बितरण गर्दै आएको अवगत नै छ । आगामि दिनमा पनि स्वाथ्य सुरक्षा सामाग्रीलागायतका अन्य सबै खाले सहयोग गर्न नेपाल पत्रकार महासघ बाँके तत्पर छ । तर राहात र सहयोगका नाममा सञ्चारककर्र्मीको मान मर्दन हुने गरी भएका व्यक्तिगत तवरले सहयोग गर्ने समाजिक सञ्जालमा फोटोहरु पोष्ट गर्ने कार्य रोक्न बिशेष निर्देशन जारी गर्दछौ । संकटको समयमा सहयोगि दाताहरुलाई पनि आगामि दिनमा एकद्धार प्रणाली मार्फत नेपाल पत्रकार महाँसघ मार्फत सहयोग गर्न हुन पनि सूचित गर्दछौ ।
कोेरोना माहामारीका कारण समस्यामा रहेका सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई सहयोग पु¥याउनका लागि ठोस कार्यक्रम बनाउनका लागि बाँकेका स्थानिय निकायलाई बिशेष अपिल गर्दछौ । सकटको समयमा सकेसम्म घर भित्रै रहेर रिपोटिङ गर्न र बाहिर निस्कन परे सुरक्षा सामाग्रीको प्रयोग गर्नसमेत सम्पुर्ण सदस्य तथा आम सञ्चारकर्मी लाई आग्रह गर्दछौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x