१७ मंसिर २०८०, आईतवार

बाँकेमा रक्त आभाव हुन न दिन युवाहरु सक्रिय,कोहलपुरमा रक्तदान

एसीपी संवाददाता

१ जेष्ठ २०७७, बिहीबार १४:४७ मा प्रकाशित


बाँकेमा रक्तको अभाव हुन न दिन का लागि बिहिबार कोहलपुरमा रक्तदानको कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर आयोजित रक्तदानमा बिभिन्न क्षेत्रका यूवाहरु, समाजसेवी, ब्यापारी गरी ७२ जनाले रक्त दान गरेको आयोजकले एसीपी अनलाईन समाचारलाई जानकारी दिएका छन् ।

मानबिय सहयोगको भावना बोकेका यूवाहरुको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा उडान नेपालकी अध्यक्ष अन्जु न्यौपाने ,उपाध्यक्ष रबिन्द्र बोहोरा, र संस्थापक अध्यक्ष जनक थापा बिशेष सक्रियतामा कार्यक्रम सम्पन्न भएको खेम बिष्ट एसिपी अनलाइललाई जानकारी दिनु भयो । नेपाल रेडक्रस रक्त संचार केन्द्र कोहलपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

यसै यस्तै नेपालगंजमा बैशाख ३० गते पनि रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । कोभिड १९ कोरोना भाईरसको संक्रमणका बेलमा लकडाउनका बेला आवश्यकता भएका बिरामीहरुलाई रगतको आवश्यकता भएमा रगतको अभाव हुन न दिन का लागि रक्त दान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम कोहलपुर मेडिकल कलेज कोहलपुरमा आयोजना भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x